Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

पछिल्लो २४ घण्टामा देशभर थपिए ३६ सय संक्रमित, २७ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थपिए ३६ सय संक्रमित, २७ को मृत्यु


  • 5.4K
    Shares

    पछिल्लो २४ घण्टामा देशभर थपिए ३६ सय संक्रमित, २७ को मृत्यु
    images


    आज पनि देशभर कोरोनाभाइरस संक्रमितको संख्या बढेको छ भने २७ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, १४ हजार ६६१ जनाको स्वाब परीक्षण गर्दा तीन हजार ६११ जनामा कोरोना देखिएको हो। बिहीबार तीन हजार ३६५ जनामा कोरोना देखिएको थियो।

    आज नौ हजार ७८३ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार ४६७ र चार हजार ८७८ जनाको एन्टिजेन परीक्षण गर्दा एक हजार १४४ जनामा कोरोना देखिएको हो।

    कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ। बिहीबार १६ जनाको मृत्यु भएको थियो। योसँगै मृत्यु हुनेको संख्या नौ हजार ८३४ पुगेको छ।

    त्यस्तै, पछिल्लो २४ घण्टामा एक हजार ८१६ जना निको भएका छन्। बिहीबार एक हजार ३७३ जना निको भएका थिए। अहिले सक्रिय संक्रमितको संख्या ३१ हजार १४ पुगेको छ।

    प्रकाशित मिति :श्रावण १५ २०७८ शुक्रवार - १७:०२:५४ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij