२०८२ माघ १५ गते बिहिवार
काठमाडौं । प्रहरीले काठमाडौंको ठमेलस्थित एक रक्सी फ्याक्ट्रीमा प्रहरीले छापा मारेको छ। ज्याठा चोकबाट नजिकै रहेको चिनियाँ नागरिकले संचानल गरेको फ्याक्ट्रीमा प्रहरीले छापा मारेको हो।
"गैर कानुनी रूपमा उत्पादन गरेको पाइएकाले छापा हानेका छौँ। थप घटनाको बारेमा बुझ्दैछौं," महानगरीय अपराध महाशाखाका एसपी कृष्ण कोइरालाले भने।
रक्सी कहाँ कहाँ बिक्री हुन्थ्यो ? कति मानिस फ्याक्ट्रीमा कार्यरत थिए भन्ने लगायतका कुरा खुलिसकेको छैन। अहिले प्रहरीले फ्याट्रीमा छापा मारिरहेको छ। पछिल्लो समयमा ठमेल क्षेत्रमा चिनियाँ नागरिकको अपराधिक गतिविधि बढेको भन्दै प्रहरीले निगरानी बढाएको छ।
प्रहरीले असार २१ गते च्याङक्हु खाचान होटेलमा चार जना चिनियाँ नागरिकलाई जुवा खेलाइरहेको अवस्थामा पक्राउ गरेको थियो।
होटेलबाट झन्डै ७ फिट लामो पाटे बाघको छाला, गाईको जस्तो देखिने छाला, कस्तुरीको विना २० थान भेटिएको थियो। होटेल चिनियाँ नागरिकले संचालन गरेको भए पनि उनी चीनमा भएको कारण पक्राउ गर्न सकिएको थिएन।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij