२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । कलाकार मनोज गजुरेलले पूर्वश्रीमतीबाट गाली बेइज्जती गर्ने क्रम नरोकिएको भन्दै कानुनी उपचारमा जाने चेतावनी दिनुभएको छ ।
पूर्वश्रीमतीको क्रियाकलापबाट लगातार आफ्नो चरित्र हत्या भएको र छोराछोरीलाई समेत असर पुर्याएको उहाँले फेसबुकमा स्टाटस लेख्नुभएको छ ।
एउटा सार्वजनिक र जिम्मेवार नागरिकको नाताले अहिलेसम्म चुप बसेको र अब बाध्य भएर स्पष्टीकरण दिन परेको उहाँले बताउनुभएको छ ।
मनोज गजुरेल र मिना ढकालबीच तीन वर्षअघि सम्बन्धविच्छेद हुँदा छोरा बाबु र छोरी आमासँग बस्ने सहमति भए पनि डिभोर्सको ८ महिनापछि छोरी आमासँग बस्न नरुचाएर आफूसँग बस्न आएको पनि उहाँले उल्लेख गर्नुभएको छ ।
सम्बन्धविच्छेदपछि मनोजमाथि विभिन्न आरोप र लाञ्छना लगाएर युट्युब च्यानलहरुमा अन्तर्वार्ता दिनुभएका मिनाले, मनोजले अर्को विवाह गर्न लागेको कुरा सार्वजनिक भएपछि फेरि अनेकन लाञ्छना लगाउन थालेको गजुरेलको गुनासो छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij