२०८२ माघ ८ गते बिहिवार
काठमाडौँ - मुक्तिनाथ विकास बैंकले निक्षेपकर्तालाई आकर्षक ब्याजदर प्रदान गर्न तथा मासिक ब्याज आर्जन हुने 'मुक्तिनाथ समृद्धि बचत खाता' सञ्चालनमा ल्याएको छ ।
ग्राहकले एक सय रुपैयाँको न्यूनतम मौज्दातमै मुक्तिनाथ बैंकको समृद्धि बचत खाता खोल्न सक्ने बैँकले जनाएको छ । उक्त बचत खातामा बैंकले ग्राहकहलाई वार्षिक सर्वाधिक ब्याजदर ५ं.२५ प्रतिशतका दरले मासिक ब्याज भुक्तानी प्रदान गर्ने समेत बैँकको दाबी छ ।
पहिलो वर्षको लागि निशूल्क मोबाईल, इन्टरनेट बैंकिङको सेवा समेत प्रदान गर्ने बैंकले बताएको छ । त्यस्तै, सुचना अधिकारी तिल बहादुर गुरुङ्गका अनुसार बैँकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न एटिएम कार्डको प्रयोग गरी नेपालभर भिसा नेटवर्कमा आवद्ध जुन सुकै बैंकको एटिएम मेसीनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था समेत गरेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij