Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

आफ्नै स्याटेलाइट राख्न मागिएका सबै प्रस्ताव एनटीएद्धारा रद्द, अब नयाँ प्रक्रियाबाट अगाडि बढाइने

आफ्नै स्याटेलाइट राख्न मागिएका सबै प्रस्ताव एनटीएद्धारा रद्द, अब नयाँ प्रक्रियाबाट अगाडि बढाइने


  • 7.8K
    Shares

    आफ्नै स्याटेलाइट राख्न मागिएका सबै प्रस्ताव एनटीएद्धारा रद्द, अब नयाँ प्रक्रियाबाट अगाडि बढाइने
    images

    नेपालको आफ्नै स्याटेलाइट राख्न मागिएका सबै प्रस्ताव नेपाल दूरसञ्चार प्राधिकरणले खारेज गरेको छ । प्राधिकरणले बिहिबार एक सूचना जारी गर्दै नयाँ प्रक्रिया अघि बढाउने गरी प्रस्ताव रद्द गरेको हो ।

    स्याटेलाइट राख्न माग गरिएको कम्पनीहरु मध्य छनोटमा परेका कुनै पनि कम्पनीले रेस्पोन्स् नगरेपछि खारेज भएको प्राधिरकणले जनाएको छ । प्राधिकरणले सार्वजनिक खरिद ऐन २०६३ अनुसार सबै प्रस्ताव र खरिद प्रक्रिया रद्द गर्ने निर्णय गरेको हो ।

    hhh.jpg

     सबै प्रस्ताव खारेज गरेको सूचना

    प्राधिकरणको प्रस्ताव अनुसार गत पुसमा  देशका नौ कम्पनीले आशयपत्र बुझाएका थिए । आशयपत्र पेश गरेका कम्पनीमध्ये प्राधिकरणले पाँचलाई प्राविधिक रुपमा योग्य ठहर गर्दै आर्थिक प्रस्ताव माग गरेको थियो ।

    पाँच कम्पनीसँग प्रस्ताव माग गरिएकामा चार कम्पनीले आर्थिक प्रस्ताव पेश गरेका थिए । जसमा भारतको केपिएमजी इन्सुरेन्स एन्ड कन्सल्टिङ सर्भिस एलएलपी, बेलायतको लन्डन इकोनोमिक्स लिमिटेड, फ्रान्सको युरो कन्सल्ट र संयुक्त अरब इमिरेटसको एसथ्री टेल इन्टरनेशनलले प्रस्ताव पेश गरेका थिए ।

    प्राधिकरणले सार्वजनिक खरिद ऐन २०६३ अनुसार सबै प्रस्ताव र खरिद प्रक्रिया खारेज गर्ने निर्णय गरेको हो । अब नयाँ प्रक्रिया अनुसार यसलाई अगाडि बढाउने सह-प्रवक्ता मिश्रले जानकारी दिए । 

     

    प्रकाशित मिति :श्रावण १४ २०७८ बिहिवार - १४:००:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij