Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

कर नतिरेपछि माइकिन गर्न शुरु गर्दै महानगर, यी हुन कर नतिर्ने ठूला करदाताहरु ?

कर नतिरेपछि माइकिन गर्न शुरु गर्दै महानगर, यी हुन कर नतिर्ने ठूला करदाताहरु ?


  • 8.8K
    Shares

    कर नतिरेपछि माइकिन गर्न शुरु गर्दै महानगर,  यी हुन कर नतिर्ने ठूला करदाताहरु ?

    काठमाडौं । काठमाडौं महानगरपालिकाले वर्षौदेखि कर नबुझाउने ठूला करदाताको नाम सार्वजनिक गर्दे कर तिर्न सूचना जारी गरेको छ । 

    महानगरले पटक–पटक सञ्चार माध्यममार्फत सूचना जारी गरी तिर्न अनुरोध गर्दा पनि अटेरी गरेपछि नाम सार्वजनिक गर्दै माइकिङसमेत गरेको छ । 

    आज कर नबुझाएका करदाताहरुको क्षेत्रमै पुगेर महानगरपालिकाले माइकिङ गर्दै कर तिर्न निर्देशन दिएको छ ।

    पटक–पटकको अनुरोधलाई पनि अटेरी गरेपछि बाध्य भएर महानगरले सार्वजनिक रुपमै माइकिङ गनुपरेको जनाएको छ । 

    यी हुन कर नतिर्ने ठूला करदाताहरु 

    महानगर राजस्व विभागका अनुसार नाम चलेका व्यवसायिक संस्थान, मेडिकल कलेज, अस्पताल, व्यवसायिक मलसम्म रहेका छन् । 

    महानगरका अनुसार नेपाल रेडक्रस सोसाइटी र कृषि सामग्री संस्थानसम्मले पनि कर तिरेका छैनन् । कर नतिर्नेहरुमा कान्तिपुर डेन्टल हस्पिटल, चिरायु हस्पिटल, देवेन्द्रलाल श्रेष्ठ, एन आरटी क्लव, यूनाइटेड वल्र्ड सेन्टर, बाग्मती च्याम्बर, बुद्धवारी कम्पलेक्स, काठमाडौं इन्जिनियरिङ कलेज, आदर कम्पलेक्स लगायत छन् । 

    त्यस्तै, नेपाल रेडक्रस सोसाइटी, कृषि सामाग्री संस्थान, एलआर आइ बोर्डिङ स्कुल स्यूचाटार, मनमोहन मेमोरियल कलेज, एण्ड शिक्षण अस्पताल, आरवी कम्पलेक्स, सुरज आर्केट, शुभश्री को–अपरेटिभ, काठमाडौं प्लाजा, नेपाल सेयर मार्केट, गोपालजी पोपटिज प्रालि र स्टार मलले पनि कर बुझाएका छैनन् । 

    माइकिङ गर्दै महानगरपालिकाले कर तिर्न आग्रह गरेको छ । प्रहरीसहित करदाताका कार्यालयमै पुगेको महानगरपालिकाले सूचना टाँस पनि गरेको छ । 

    कर, नबुझाएका यी करदाताबाट ७० करोडभन्दा बढी राजस्व उठ्न बाँकी रहेको राजस्व विभागले जनाएको छ । 

    प्रकाशित मिति :श्रावण १३ २०७८ बुधवार - १४:१७:३२ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij