Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

यी हुन् जोन्सन एन्ड जोन्सनको खोप लिन हुने र नहुने अवस्था, यस्ता छन् टेकु अस्पतालले दिएका मार्गदर्शन !

यी हुन् जोन्सन एन्ड जोन्सनको खोप लिन हुने र नहुने अवस्था, यस्ता छन् टेकु अस्पतालले दिएका मार्गदर्शन !


  • 8.5K
    Shares

    • images
    यी हुन् जोन्सन एन्ड जोन्सनको खोप लिन हुने र नहुने अवस्था, यस्ता छन् टेकु अस्पतालले दिएका मार्गदर्शन !
    images

    काठमाडौं । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा टेकुले कोभिडविरुद्धको खोप जोन्सन एन्ड जोन्सनको प्रयोग तथा संचालन सम्बन्धि अन्तरिम मार्गदर्शन सार्वजनिक गरेको छ।

    मार्गदर्शनमा खोपको भण्डारण, म्याद गुज्रिने अवधि, ढुवानी गर्दा कायम गर्नुपर्ने तापक्रम, खोप लिन हुने अवस्था, लिन नहुने अवस्था, विषेश निगरानीमा लिनुपर्ने अवस्था लगायतका विषय उल्लेख छ। मार्गदर्शनमा उल्लेख भएको खोप लगाउन मिल्ने, नमिल्ने र विशेष नगरानीमा लगाउने विषय यहाँ समावेश गरिएको छ।

    खोप लिन हुने अवस्था
    - १८ वर्षमाथिका सबै उमेर समूह
    - स्तनपान गराइरहेका महिला
    - विश्व स्वास्थ्य संगठनले सिफारिस गरे अनुसार गर्भवती महिला
    राष्ट्रिय खोप सल्लाहकार समितिको २६ मे २०२१ को सिफारिस अनुसार निम्न अवस्थाका गर्भवती महिलाहरु कोभिड-१९ को उच्च जोखिममा पर्ने भएकाले हाल प्रयोग भएका कोभिड-१९ खोप चिकित्सकको परामर्श लिएर दिन सकिन्छ।
    - ३५ वर्ष उमेर वा सो भन्दा माथिका गर्भवती महिला
    - अत्यधिक तौल भएका महिला गर्भवती भएमा
    - गर्भावस्थाका जटिलताहरु भएका अवस्थामा जस्तै प्रि इक्लामसिया, गर्भावस्थामा देखिने मधुमेह
    - साथै कोभिड-१९ को संक्रमणको उच्च जोखिममा रहेका गर्भवती महिलाहरु जस्तै स्वास्थ्यकर्मी, अग्रपंक्तिमा खटिने व्यक्तिहरु।

    खोप दिन नहुने अवस्था
    - पहिला अन्य कुने पनि कारणले गम्भीर प्रकारको प्रतिक्रिया ९सिरियस एलर्जीक रियाक्सन० वा एनाफाइलेक्सि भएका व्यक्ति
    - यो खोपको कुने पनि तत्व जस्तै साइट्रिक एसिड मोनोहाइड्रेट, ट्रिसोडिएम साइट्रेट डिहाइड्रेट, इथानोल, सोडिएम क्लोराइड, सोडिएम हाइड्रोक्साइड, हाइड्रोक्लोरिक एसिड आदीबाट गम्भीर प्रकारको प्रतिक्रिया भएका व्यक्ति
    - १८ वर्षभन्दा कम उमेरका व्यक्ति।
    - पहिला अन्य कुनै पनि कोभिड(१९ को खोप लगाइसकेका व्यक्ति
    - कुनै पनि कारणले हाल गम्भीर बिरामी भएको वा उच्च ज्वरो आएको व्यक्ति तर यस प्रकारको अवस्था निको भएपछि यो खोप लगाउन मिल्छ।
    - प्यासिभ एन्टिबडी थेरापी जस्तै मोनोक्लोनल एन्टिबडिज, कन्भालेसेन्ट प्लाज्मा थेरापी उपचारमा भएको व्यक्तिलाई यो खोप लगाउन हुँदैन। तर यस प्रकारको उपचार लिएको ९० दिनपछि मात्र यो खोप लगाउन मिल्छ।
    - हाल कोभिड(१९ संक्रमण भएको व्यक्ति। तर संक्रमणमुक्त भएको ३० दिनपछि भने यो खोप लगाउन मिल्छ।

    विशेष निगरानीमा खोप दिन सकिने अवस्था
    रगत बग्ने समस्या भएका व्यक्ति वा रगत पातलो गराउने औषधि लिई राख्नु भएको व्यक्तिलाइ विषेश निगरानी वा परामर्श जरुरी हुन्छ।

    1.jpg

    2.jpg

    3.jpg

     

    प्रकाशित मिति :श्रावण १३ २०७८ बुधवार - ११:४७:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij