Logo

२०८२ कार्तिक ५ गते बुधवार

२०८२ कार्तिक ५ गते बुधवार

सरकारले अनुमति नदिए पनि पुस १० गतेबाट सिनेमा हल खोल्न तम्सिए व्यवसायी

सरकारले अनुमति नदिए पनि पुस १० गतेबाट सिनेमा हल खोल्न तम्सिए व्यवसायी


  • 9.1K
    Shares

    सरकारले अनुमति नदिए पनि पुस १० गतेबाट सिनेमा हल खोल्न तम्सिए व्यवसायी
    images

    काठमाडौं । सरकारले अनुमति नदिए पनि हल सञ्चालकहरुले पुस १० गतेबाट एकतर्फी रुपमा सिनेमा हल खोल्ने घोषणा गरेका छन् ।

    बारम्बार आफूहरुको मागलाई वेवास्ता गरेको भन्दै एकतर्फी हल खोल्ने घोषणा गर्नुपर्ने अवस्था आएको चलचित्र संघले जनाएको छ ।

    लकडाउन पुर्णरुपमा हटाई मुलुक भर सबै क्षेत्र सञ्चालनमा आइसकेको अवस्थामा पनि सरकारबाट चलचित्र घर सञ्चालनमा स्वीकृति प्राप्त नभएको हँुदा यस्तो निर्णय गरिएको संघले जनाएको छ ।

    संघले नेपाल सरकारको सुरक्षा विधि तथा डब्लु एच ओ को सुरक्षा मापदण्ड अपनाई चलचित्र घरहरु सञ्चालन गर्ने मिति स्वयं घोषणा गरी सरकारले पूरा गर्नुपर्ने केही माग का लागि चरणबद्ध आन्दोलनको थालनी गर्ने कार्यक्रम रहेको संघले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

    ९ महिना हल बन्द हुँदा हल व्यवसायीलाई २ अर्ब भन्दा बढी घाटा लागेको संघले जनाएको छ । चलचित्र संघले यसलाई आन्दोलनको सुरुवाती चरणको रुपमा वुझिदिन पनि आग्रह गरेको छ ।

     

    प्रकाशित मिति :मंसिर २९ २०७७ सोमवार - १६:५५:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij