Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

खानेपानी विद्युत् महसुलमा अनुदान

खानेपानी विद्युत् महसुलमा अनुदान


  • 5.8K
    Shares

    खानेपानी विद्युत् महसुलमा अनुदान
    फेदीखोला गाउँपालिकाले पालिकाभित्र रहेका लिफ्टिङ खानेपानी उपभोक्ताका लागि अनुदान वितरण गरेको छ । खानेपानीको विद्युत् महसुल तिर्दै आएका उपभोक्ताका लागि ५० प्रतिशत अनुदान उपलब्ध गराएको हो ।
     
    गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले लिफ्टिङ प्रविधिबाट खानेपानीको उपभोग गर्दै आएका उपभोक्ताको सहयोगका लागि गाउँपालिकाले वर्षभरिको विद्युत् महसुलमा ५० प्रतिशत अनुदान दिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामी गाउँपालिकाबाट उपभोक्ताहरुलाई सहयोग पुगोस् भनेर उपभोक्ता समितिलाई विद्युत् महसुलमा अनुदान दिएका छौँ ।” प्रविधिको प्रयोग गरेर खानेपानीको उपभोग गर्दा बढी खर्चिलो हुने जनाइएको छ ।
     
    उपभोक्ताले बढी शुल्क तिर्नुपर्ने भएकाले थोरै भए पनि सहयोग पुगोस् भनेर गाउँपालिकाले उपभोक्ता समिति मार्फत अनुदान दिने निर्णय गरेको अध्यक्ष सुवेदीले बताउनुभयो । सातवटा उपभोक्ता समितिलाई रु तीन लाख उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ ।

    प्रकाशित मिति :श्रावण १२ २०७८ मंगलवार - १३:५७:४८ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij