Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

सीडीएमए छाड्ने ग्राहकलाई टेलिकमको निःशुल्क सिम, यस्तो छ भ्वाइस र डेटाको सुविधा

सीडीएमए छाड्ने ग्राहकलाई टेलिकमको निःशुल्क सिम, यस्तो छ भ्वाइस र डेटाको सुविधा


  • 9.6K
    Shares

    सीडीएमए छाड्ने ग्राहकलाई टेलिकमको निःशुल्क सिम, यस्तो छ भ्वाइस र डेटाको सुविधा

    काठमाडौं । नेपाल टेलिकमले सीडीएमए सेवा बन्द गर्ने घोषणा गरिसकेको छ । सीडीएमएका ग्राहकलाई जीएसएम नेटवर्कमा रुपान्तरण गर्ने योजना अन्तर्गत टेलिकमले विभिन्न सुविधाको घोषणा गरेको छ ।

    टेलिकमले शुक्रबार विज्ञप्ती जारी गर्दै सीडीएमए छाडी जीएसएम नेटवर्कमा आवद्ध हुने ग्राहकलाई निःशुल्क सिमका साथै निःशुल्क भ्वाइस, डेटा प्याकेज र एसएमएस सुविधा उपलब्ध गराउने घोषणा गरेको हो ।

    सीडीएमए छाडी जीएसएम नेटवर्कमा जान चाहने ग्राहकले छुट पाउनको लागि आफ्नो रिमकार्ड नम्बर टेलिकमको कार्यालयमा गएर बुझाउनुपर्ने टेलिकमले जनाएको छ ।

    सीडीएमए नम्बर बुझाउने ग्राहकलाई जीएसएमएको नयाँ नम्बर उपलब्ध गराइने र नयाँ सिम प्रयोग गर्दा विभिन्न छुट पाइने टेलिकमले जनाएको छ ।

    सीडीएमए प्रिपेडबाट जिएसएम प्रिपेडमा रुपान्तरण भएका मोबाइल ग्राहकहरुले ६ महिनासम्म निःशुल्क रुपमा मासिक ३०० मिनेट अन नेट (नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सकिने) भ्वाइस कल गर्न, ४ जीबी डाटा चलाउन र ३०० वटा अन नेट एसएमएस पठाउन सक्नेछन् ।

    त्यसैगरी जिएसएम पोस्टपेड मोबाइलमा रुपान्तरण हुने ग्राहकले निःशुल्क रुपमा मासिक ४०० मिनेट अन नेट र ५० मिनेट अफ नेट (अन्य नेटवर्कमा समेत प्रयोग गर्न सकिने) भ्वाइस कल गर्न, ६ जीबी डाटा चलाउन र २०० वटा अन नेट एसएमएस गर्न सक्ने टेलिकमले जनाएको छ ।

    आगामी पुस महिनासम्ममा जिएसएममा रुपान्तरण हुने सीडीएमए पोस्टपेड ग्राहकहरुलाई मासिक रेन्टल शुल्क छुट दिने घोषणा पनि नेपाल टेलिकमले गरेको छ ।

    प्रकाशित मिति :श्रावण १० २०७८ आइतवार - १४:२५:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij