Logo

२०८२ पौष ४ गते शुक्रवार

२०८२ पौष ४ गते शुक्रवार

१० प्रतिशतले बढेर सर्किट ब्रेकर लगाउने यी हुन् सात कम्पनी

१० प्रतिशतले बढेर सर्किट ब्रेकर लगाउने यी हुन् सात कम्पनी


  • 6.7K
    Shares

    १० प्रतिशतले बढेर सर्किट ब्रेकर लगाउने यी हुन् सात कम्पनी
    images

    एकै दिन सात कम्पनीको सेयर मूल्यमा सर्किट ब्रेकर लागेको छ । ती कम्पनीहरूको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट ब्रेकर लागेको हो ।

    यसरी सर्किट ब्रेक लाग्नेमा अधिकांश जलविद्युत्‌ कम्पनीहरू छन् । सपोर्ट माइक्रोफाइनान्स, जोशी हाइड्रोपावर, युनिभर्सल पावर कम्पनी, विशाल बजार कम्पनी, हिमालय ऊर्जा विकास कम्पनी, पञ्चकन्या माइ हाइड्रोपावर र ङादी ग्रुप पावरको सेयर मूल्यमा उच्च वृद्धि भएको हो ।

    सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य दुई सय ५७ रुपैयाँले बढेर दुई हजार आठ सय २७ रुपैयाँ कायम भएको छ । जोशी हाइड्रोपावरको सेयर मूल्य ३१.३० रुपैयाँले वृद्धि भएर तीन सय ४४ रुपैयाँ प्रति कित्ता कायम भएको छ । युनिभर्सल पावर कम्पनीको मूल्य ३२.७० रुपैयाँले बढेको छ ।

    विशाल बजार कम्पनीको सेयर भाउ ६ सय १० रुपैयाँले बढेको छ । हिमालय ऊर्जा विकास कम्पनीको सेयर ३९.३० रुपैयाँले वृद्धि भएर चार सय ३२ रुपैयाँ पुगेको छ । पञ्चकन्या माइ हाइड्रोपावरको सेयर मूल्य ३१.४० रुपैयाँले बढेको छ । ङादी ग्रुप पावरको सेयर मूल्य ६९.४० रुपैयाँले बढेको छ ।

    प्रकाशित मिति :श्रावण १० २०७८ आइतवार - १३:५५:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij