Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सुर्खेतका ४९ वर्षीय कोरोना संक्रमितको काठमाडौंमा मृत्यु

सुर्खेतका ४९ वर्षीय कोरोना संक्रमितको काठमाडौंमा मृत्यु


  • 7.9K
    Shares

    सुर्खेतका ४९ वर्षीय कोरोना संक्रमितको काठमाडौंमा मृत्यु

    सुर्खेत । सुर्खेत वीरेन्द्रनगरका थप एकजना कोरोना संक्रमित पुरुषको काठमाडौंमा मृत्यु भएको छ । वीरेन्द्रनगर-९, निवासी ४९ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

    ती पुरुषको काठमाडौंस्थित ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलका अनुसार यही मंसिर २७ गते राति ११ बजे मृत्यु भएको थियो । 

    मंसिर ८ गते कोरोना पुष्टि भएका ती पुरूष होम आइसोलेशनमा बस्दै आएका थिए । उनलाई दुईदिन पछि बाँकेको नेपालगञ्जमा रिफर गरिएको थियो । उनको श्वासप्रश्वासमा समस्या भएपछि मंसिर १४ गते एयर लिफ्टिङ मार्फत काठमाडौं पुर्‍याइएको थियो ।

    यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि भएपछि मृत्यु हुने व्यक्तिहरुको संख्या २२ पुगेको जनस्वास्थ्य शाखा प्रमुख कँडेलले जानकारी दिए ।

    प्रकाशित मिति :मंसिर २९ २०७७ सोमवार - १३:०५:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij