Logo

२०८२ श्रावण ३१ गते शनिवार

२०८२ श्रावण ३१ गते शनिवार

चलिरहेको स्कुटरमा कांग्रेस युवा नेतृको घाँटीबाट सिक्रि तानेपछि...

चलिरहेको स्कुटरमा कांग्रेस युवा नेतृको घाँटीबाट सिक्रि तानेपछि...


  • 7.7K
    Shares

    चलिरहेको स्कुटरमा कांग्रेस युवा नेतृको घाँटीबाट सिक्रि तानेपछि...

    काठमाडौ । बाँकेमा स्कूटरमा गइरहेकी महिला नेतृ माथि आक्रमण भएको छ । नेपाली काङ्ग्रेस बाँकेकी युवा नेतृ तथा महिला संघ कोहलपुर नगरकी कोषाध्यक्ष दिपा बस्नेत माथि भएको हो ।

    स्कूटरमा कोहलपुर तर्फ गइरहेको बेलामा उनलाई मोटरसाइकलमा आएका युवाहरुले यो घटना घटाएका थिए  ।सोमवार नेपालगन्ज देखि कोहलपुर जाने क्रममा साँझ पख जानकी गाउँपालिकाको गनापुरमा पर्ने पिप्रहवा नजिक उनी माथि अ ज्ञात युवाहरुले आक्रमण गरेको प्रहरी समक्ष उनले बताएकी छन् ।

    चल्दा, चल्दै गरेको स्कुटीलाई पछ्याउँदै मोटरसाईकलमा आएका दुई जनाले घाँटीको सिक्रि तान्दा स्कुटी पल्टेको युवतीले बताएकी छन् । चल्दा चल्दैको स्कुटर पल्टेका कारण उनलाई चोट लागेको छ । उनको खुट्टा भांचिएको भएको छ भने अनुहारमा समेत चोट लागेको छ । यस बारे प्रहरीले घटनाको बिषयमा छानविन गरिरहेको बताएको छ । 

    त्यस्तै चिकित्सकको हस्ताक्षर चोरेर कोरोना जाँचको नक्कली पिसीआर रिर्पोट बनाएको आरोपमा बाँके प्रहरीले भेरी अस्पतालका दुई सुरक्षा गार्ड र एक सहयोगीलाई पक्राउ गरेको छ । प्रहरीले अस्पतालबाट उनीहरुलाई पक्राउ गरेको हो ।
    अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालका अनुसार सुरक्षागार्ड कम्पनीमार्पत अस्पतालको सुरक्षाका लागि खटिएका गार्डसहितका व्यक्ति पक्राउ परेको जानकारी दिए ।

    जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सुरक्षागार्ड र हेल्परले आकस्मिक कक्षमा चिकित्सकले असहाय बिरामीका लागि लेखिदिने निःशुल्क कोरोना परीक्षण रिर्पोटको नक्कल गरेर अरु बिरामीलाई निःशुल्क पिसिआरको सिफारिस गरिदिन्थे ।

    पक्राउ परेका माथि अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ । पक्राउ परेकाले कति पैसा लिएर सो काम गर्थे र कतिजनालाई रिर्पोट दिए भन्ने अनुसन्धान भइरहेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए ।

    प्रकाशित मिति :कार्तिक २८ २०७७ शुक्रवार - १५:४७:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij