Logo

२०८२ माघ २० गते मंगलवार

२०८२ माघ २० गते मंगलवार

यसरी पाइन्छ १५ सयमै पोखरा जाने जहाजको टिकट, २५ सय तिरे नेपालगञ्ज

यसरी पाइन्छ १५ सयमै पोखरा जाने जहाजको टिकट, २५ सय तिरे नेपालगञ्ज


  • 6.8K
    Shares

    यसरी पाइन्छ १५  सयमै पोखरा जाने जहाजको टिकट, २५ सय तिरे नेपालगञ्ज

    आन्तरिक हवाई उडान संचालन भएसँगै यात्रुलाई आकर्षित गर्न एयरलाइन्स कम्पनीहरुले सस्तो दरको टिकट अफर ल्याउन थालेका छन् ।

     यसैक्रममा, निजी क्षेत्रको वायुसेवा प्रदायक यती एयरलाइन्सले सस्तो फ्लाइट अफर ल्याएको छ । एयरलाइन्सले मोबाइल एपबाट प्रोमो कोड प्रयोग गरी दुई ठाउँको टिकट सिस्तो मूल्यमा किन्न सकिने अफर ल्याएको हो ।

     
    एयरलाइन्सका अनुसार प्रोमो कोड प्रयोगगरी काठमाडौं-पोखराको एकतर्फी टिकट १ हजार ५०० रुपैयाँमा किन्न सकिनेछ । यस्तै, काठमाडौं-विराटनगर एकतर्फी टिकट २ हजार रुपैयाँमा किन्न सकिनेछ ।

     
    यसैगरी, काठमाडौं-नेपालगञ्ज २ हजार ५०० रुपैयाँ र काठमाडौं-भद्रपुरको एकतर्फी टिकट २ हजार ४०० रुपैयाँमै पाइने एयरलाइन्सले जनाएको छ ।

     यो अफर ३ दिन (साउन ५ देखि ७ गतेसम्म) सम्म लागू हुने एयरलाइन्सले जनाएको छ ।एयरलाइन्सले यसअघि पनि विभिन्न गन्तव्यमा यस्तो अफर ल्याएको थियो ।

    प्रकाशित मिति :श्रावण ४ २०७८ सोमवार - १३:३६:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij