Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

पल्सर स्पोर्टस् अवार्ड पुस २८ मा

पल्सर स्पोर्टस् अवार्ड पुस २८ मा


  • 6.7K
    Shares

    • images
    पल्सर स्पोर्टस् अवार्ड पुस २८ मा
    images

    काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले गर्ने बजाज पल्सर स्पोर्टस् अवार्ड पुस २८ गते हुने भएको छ ।

    एनएसजेएफले आइतबार पत्रकार सम्मेलन गरी आयोजक अवार्डको मिति सार्वजनिक गरेको हो । स्पोर्ट्स अवार्डको १७ औं संस्करण सेमी फर्चुअल रुपमा गर्ने आयोजकले जनाएको छ ।

    कोरोना भाइरसका कारण समयमा आयोजना हुन नसकेको अवार्ड यसपटक पुसमा हुने भएको हो । अघिल्ला वर्षहरुमा स्पोर्ट्स अवार्ड जेष्ठ महिनामा गरिन्थ्यो।

    यसवर्ष १३ औं दक्षिण एसियाली खेलकुद ९साग० मा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी सम्मानित हुनेछन् । वर्ष उत्कृष्ट महिलारपुरुष खेलाडीदेखि एसियाली खेल पत्रकारसम्म सम्मानित हुने अवार्ड विभिन्न १० विधामा प्रदान गरिनेछ ।

    जसमध्ये ४ विधाका विजेताले बजाज पल्सर मोटरसाइकल पुरस्कार पाउनेछन् । उत्कृष्ट महिलारपुरुष वर्ष खेलाडी, उत्कृष्ट वर्ष प्रशिक्षक र पिपुल्स च्वाइस अवार्डका विजेताले मोटरसाइकल पाउनेछन् भने अन्य विधाका विजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

    टाइटल स्पोन्सर बजाजले एनएसजेफलाई समग्रमा ३० लाख हाराहारी उपलब्ध गराउने गरि सम्झौता भएको एनएसजेफका अध्यक्ष दुर्गा सुवेदीले बताए ।

    प्रकाशित मिति :मंसिर २८ २०७७ आइतवार - १६:१९:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij