२०८२ भाद्र २५ गते बुधवार
अनुभवका लागि लोक सेवा परिक्षा दिनेहरु सफल हुन सक्दैनन् । कतिपय विद्यार्थीहरु लोक सेवालाई हाउगुजीको रुपमा लिन्छन् । र परिक्षाको तयारीदेखि नै लोक सेवाको डरले थिचिन्छन् ।
लोक सेवा पास हुन धेरै गाह्रो छ, कडा प्रतिस्पर्धा हुन्छ, थोरै विद्यार्थीमात्र पास हुन्छ, पास गर्न सक्दिन भन्ने सोच्छ राख्दा विद्यार्थी पहिले नै हतोत्साहित हुन्छन् ।
दवावमा पढ्दा सेलेवस अनुसार जति पढ्नुपर्ने हो, त्यो भन्दा धेरै पढ्छन् । अनावश्यक कुराहरु पनि कण्ठ गरेर बस्छन् । किताव घोकेर हुँदैन । व्यवहारिक भएर प्रश्नको उत्तर दिनुपर्छ । घोकाइको ज्ञानले लोक सेवालाई काम गर्दैन ।
तर पाठ्यक्रम अनुसार विषयवस्तुको गहिराई बुझियो र परिक्षालाई सहज रुपमा लिइयो भने सफल हुन सकिन्छ ।
लोकसेवामा कसरी लेख्ने ?
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij