Logo

२०८२ पौष ४ गते शुक्रवार

२०८२ पौष ४ गते शुक्रवार

सेयर खरिदबिक्री गर्दा आज देखि १० पैसामा बार्गेनिङ गर्न पाइने,अरु यस्ता छन् प्राबधान

सेयर खरिदबिक्री गर्दा आज देखि १० पैसामा बार्गेनिङ गर्न पाइने,अरु यस्ता छन् प्राबधान


  • 6.0K
    Shares

    सेयर खरिदबिक्री गर्दा आज देखि १० पैसामा बार्गेनिङ गर्न पाइने,अरु यस्ता छन् प्राबधान
    images

    आजदेखि सेयर कारोबारमा ३ वटा नयाँ नियम कार्यान्वयनमा आएका छन् ।

     नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबार संचालन विनियमावली २०७५ को दोस्रो संशोधन गर्दै गरेको व्यवस्था अनुसार सेयर खरिद विक्री गर्दा १० पैसामा बार्गेनिङ गर्न पाइने भएको हो ।

     यसअघि सेयर कारोबार गर्दा रहेको न्यूनतम सीमा १ रुपैयाँलाई परिवर्तन गर्दै बोर्डले १० पैसा कायम गरेको हो ।

     यस्तै, आजदेखि प्रिसेसन कारोबारमा सेयर मूल्य २ प्रतिशत मात्र बढाउन/घटाउन पाइने छ । प्रिसेसनमा धितोपत्रको कारोबारमा हुने अस्वभाविक उत्तरचढावलाई नियन्त्रण गर्न यस्तो व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

     यसअघि प्रिसेसनमा एकैचोटी ५ प्रतिशत मूल्य बढाएर/घटाएर कारोबार गर्न पाउने व्यवस्था थियो । जसले बजारमा निकै चलखेल हुने गरेको थियो ।

     यस्तै, आजदेखि सेयर कारोबारमा छुट्टाछुट्टै पूँजीगत कर लागू हुने भएको छ । खरिद गरेको १ वर्षभित्र सेयर बेचेमा ७.५ प्रतिशत पूँजीगत लाभकर लाग्ने छ १ वर्षपछि बेच्दा ५ प्रतिशत मात्र कर लाग्नेछ ।

    प्रकाशित मिति :श्रावण ३ २०७८ आइतवार - १४:१०:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij