२०८२ भाद्र १० गते मंगलवार
काठमाडौं । परिवारका दिवंगत सदस्यको सम्झनामा बाला चतुर्दशीको अवसरमा आज बिहान पशुपति परिसरमा सतबीज छरिएको छ ।
बाला चतुर्दशीका दिन प्रत्येक वर्ष पशुपति परिसर लगायत तीर्थस्थलमा दिवंगत व्यक्तिका नाममा सतबीज छर्ने गरिन्छ। कोरोनाभाइरस महामारीका कारण अघिल्ला वर्षझैँ यो वर्ष सतबीज छर्नेको ठूलो घुइँचो भने लागेन । यसअघि शनिबार साँझ दिवंगतका परिवारले तेल बत्ती बालेका छन् ।
प्रहरीका अनुसार हिजो साँझ ६ बजेसम्म मात्र तेलको बत्ती बाल्न दिने भनिएको थियो । तर, ६ बजेपछी पनि भक्तजनहरु आएपछि हटाएका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij