२०८२ भाद्र १ गते आइतवार
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आर्थिक उन्नति उच्च दरमा वृद्धि हुने देखिन्छ। मान्यजनको सहयोग सहानुभूति मिल्नेछ । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउनेछ। इज्जत प्रतिष्ठा बढ्नेछ। अवरुद्ध काम धेरै जसो फस्र्योट हुनेछन्।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आफन्तबाट विश्वास घात हुनसक्छ सतर्क रहनु होला। मेहनतपूर्वक गरेका काम सफल हुनेछन्। उपलब्धि पनि राम्रै हात लाग्नेछ। गोपनियता अप्नाउनु होला। दिन संघर्षमा वित्नेछ। बाधा अवरोध खडा गर्न खोज्ने कम हुने छैनन।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
पारिवारिक समस्या टरेर जानेछन्। थोरै प्रयत्न गरेमा नयाँ काम हात पार्न सकिनेछ । अनावस्यक झन्झटमा परिन सक्छ सजग भएर काम गर्नु होला। व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन।श्वास गरे विकाले धोका दिनसक्छन्। आशा निरासामा परिणत हुनेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आफन्तबाट सहयोग सामान्य खालको मिल्नेछ। आर्थिक कारोवारमा भने सतर्क रहनुहोला । मांगलिक काममा सहभागिता भईनेछ। व्यवसायमा अवनति हुनेछ। काम काजमा अवरोध आउनेछ। आर्थिक क्षेत्रमा समस्या आउन सक्छ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
समयमा निर्णय लिन सकिएन भने आएको अवसर पनि गुम्न सक्छ होशियार रहनु होला। समस्याबाट टाढा बस्न पाईने छैन। व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन। अरुको भर परेर काम नगर्नु होला आफैलाई घाटा हुनेछ। पढाई लेखाईमा बाधा अवरोध आउन सक्छ। जोखिम पूर्णयात्रा नगर्नु होला।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
गलत विचार बढ्नेछ। खर्चालु काम बढि हुनेछन्। व्यापार व्यवसायबाट आम्दानी घट्नेछ। सहयोग गर्ने भन्दा माग्ने बढि होलान्। आलोचना सुन्नु पर्ला । समस्या घट्ने भन्दा बढ्ने देखिन्छ। दैनिक काम काजमा अवरोध आउन सक्छ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
लगनशिल भई गरेका काम सफल हुनेछन्। अरुलाई प्रयोग गरेर काम गर्नु भयो भने काममा सहजता आउनेछ। आन्तरिक कुरा कसैलाई नखोल्नु होला। मिलेर पनि काम नगर्नु होला आफैलाई घाटा हुनेछ। ऋण लगानी नगर्नु होला डुब्न सक्छ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
सफलता असफलता तपाई आफ्नै हातमा रहनेछ। काममा ढिला सुस्ति नगर्नु होला आफैलाई घाटा हुनेछ। व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ। साथी भाई ईष्टमित्रको सहयोग मिल्नेछ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
सहयोग गर्ने भन्दा खुट्टो तान्ने बढि हुनेछन्। मिथ्या आरोप लाग्न सक्छ सतर्क रहनुहोला। पढाई लेखाईमा प्रगति हुनेछ। भाग्य भन्दा कर्ममा विश्वास गरेर काम गर्नु होला। भोज भतेर सभा सम्मेलनमा भाग लिने अवसर मिल्न सक्छ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
काम गर्दा अरुको भनाई खानु पर्ने अवस्था आउन सक्छ सजग रहनुहोला। फलदायी यात्राको सम्भावना देखिन्छ। नयाँ क्षेत्रमा लगानी नबढाउनु होला। व्यापार व्यवसायबाट सामान्य खालको आम्दानी हुनेछ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
दिन राम्रै रहला। कुटनैतिक विधि अप्नाएर काम गर्नु होला। उपलब्धि मुलक काम हुनेछन्। आफुले गरेका काम अरुका लागि उदाहरणीय हुनसक्छन्। लाभान्वित पनि हुनुहुनेछ। व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुनेछ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
ऋण बढ्न सक्छ । रोग,शोक र भयले सताउनेछ ग्रह गोचर सामान्य अनुकुल देखिन्छ। जीवन साथीको सहयोग पाईनेछ। फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न। आयत निर्यात व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ। अरुको पूर्ण भरोसामा भने काम नगर्नु होला।
तपाईको दिन शुभ रहोस् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij