Logo

२०८२ पौष ४ गते शुक्रवार

२०८२ पौष ४ गते शुक्रवार

सेयर बजार उकालो लाग्दा चम्किएका यी हुन् १४ कम्पनी,यसरी बढ्यो धेरै मूल्य

सेयर बजार उकालो लाग्दा चम्किएका यी हुन् १४ कम्पनी,यसरी बढ्यो धेरै मूल्य


  • 8.5K
    Shares

    सेयर बजार उकालो लाग्दा चम्किएका यी हुन् १४ कम्पनी,यसरी बढ्यो धेरै मूल्य
    images

    सेयर बजारमा दोहोरो अंकको कमब्याक भएको छ । यससाता आइतबारदेखि लगातार ओरालो लागेको बजार आज दोहोरो अंकले फर्केको हो ।

     सूचकसँगै कारोबार रकममा पनि झिनो सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब २३ करोडले बढेर पौने ५ अर्ब पुगेको छ । यद्यपि, दुई साता अघिको तुलनामा कारोबार रकम आधाभन्दा पनि कममा खुम्चिएको छ । दुईसाता अघिसम्म औसतमा दैनिक १० अर्ब बढीको कारोबार हुँदै आएकोमा यससाता घटेर ५ अर्बम मुनि सीमित भएको छ ।

     
    आज सेयर बजार मापक सूचक नेप्से २३.७६ अंकले बढेर २८२५.११ विन्दुमा पुगेको छ । आज २२३ कम्पनीको ४ अर्ब ८१ करोड ५५ लाख २० हजार २९४ रुपैयाँ बराबरको १ करोड ३१ लाख ४३ हजार २४० कित्ता सेयर किनबेच भएका छन् ।

     
    कारोबारमा आएका १३ वटा समूहमध्ये व्यापार रअन्य बाहेक बाँकी सबै समूहको परिसूचकमा हरियाली छाएको छ । फाइनान्स समूह सबैभन्दा धेरै ३ प्रतिशतले बढेको छ । यस्तै, विकास बैंक २.१२ प्रतिशत र हाइड्रोपावर समूह १.९२ प्रतिशतले बढेको छ ।

     
    आज कारोबारमा आएका २२३ कम्पनीमध्ये १७३ कम्पनीको सेयर मूल्य बढेको छ भने ३३ कम्पनीको मूल्यमा गिरावट आएको छ । १७ कम्पनीको मूल्य स्थिर रहेको छ ।

     
    आज नेपाल बैंकको सर्वाधिक कारोबार भएको छ । यसको साढे २१ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा हिमालयन डिस्ट्रीलरी १७ करोड र एनआइसी एशिया बैंक साढे १६ करोड बढीको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

     
    दोहोरो अंकले बढेकोे बजारमा आज गुह्येश्वरी मर्चेन्ट फाइनान्सको सेयर मूल्य सबैभन्दा धेरै ९.४७ प्रतिशतले बढेको छ । यस्तै, जोशी, घलेम्दी, युनियन हाइड्रोपावर, मल्टिप्रपोज फाइनान्स र सिभिल लघुवित्तको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले बढेको छ ।

     
    यस्तै, समृद्धि फाइनान्स, पाँचथर पावर, खानीखोला, गुडविल फाइनान्स, सेन्टर फाइनान्स, महालक्ष्मी विकास बैंक, मञ्जुश्री र पोखरा फाइनान्सको सेयर मूल्य पनि ४ प्रतिशतभन्दा धेरैले बढेको छ ।

    प्रकाशित मिति :आषाढ २४ २०७८ बिहिवार - १५:२६:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij