Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

स्वयम्भूबाट गैंडाको खागसहित ५ जना पक्राउ

स्वयम्भूबाट गैंडाको खागसहित ५ जना पक्राउ


  • 6.8K
    Shares

    • images
    स्वयम्भूबाट गैंडाको खागसहित ५ जना पक्राउ
    images

    काठमाडौं । महानगरीय अपराध महाशाखाको टोलीले गैंडाको खागसहित काठमाडौंको स्वयम्भूबाट पाँच जनालाई पक्राउ गरेको छ । अवैध कारोबार भइरहेको सूचनाका आधारमा महाशाखाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। 

    स्वयम्भुको किमडोलमा एक घरको कोठामा संरक्षित वन्य जन्तु गैंडाको खागको अवैध रुपमा कारोबार गर्न राखिएको अवस्थामा खागसहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

    पक्राउ पर्नेहरुमा काठमाडौंका ४१ वर्षीय रिकेश शाक्य, ३५ वर्षीय सुरेश शाक्य, ३९ वर्षीय अनिल श्रेष्ठ, नुवाकोटका २६ वर्षीय रामसिंह तामाङ र २२ वर्षीय मुना तामाङ छन् । 

    अपराध महाशाखाले बरामद भएको खाग र पक्राउ परेका पाँचै जनालाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन (२०२९) अन्तर्गत आवश्यक अनुसन्धानका लागि डिभिजन वन कार्यालय हात्तीसार पठाएको छ ।

    प्रकाशित मिति :मंसिर २६ २०७७ शुक्रवार - १६:३३:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij