Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

नयाँ सस्तो स्मार्टफोन सार्वजनिक गदै नोकिया

नयाँ सस्तो स्मार्टफोन सार्वजनिक गदै नोकिया


  • 8.7K
    Shares

    नयाँ सस्तो स्मार्टफोन सार्वजनिक गदै नोकिया
    images

    काठमाडौं । नोकियाले चाँडै नै एउटा नयाँ स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । बाहिर आएको रिपोर्ट अनुसार कम्पनीले १५ डिसेम्बरमा आफ्नो नयाँ सस्तो स्मार्टपवन सार्वजनिक गर्ने भएको हो ।

    यो फोन एन्ड्रोइड टेन गो एडिसनमा आधारित हुने बताइएको छ । खबरअनुसार कम्पनीले हाललाई यो फोन चिनियाँ बजारमा सार्वजनिक गर्नेछ ।

    चीनमा एन्ड्रोइड गो एडिसनमा सार्वजनिक हुने यो पहिलो स्मार्टफोन हुनेछ । नोकियामोबको रिपोर्ट अनुसार नोकियाको नयाँ स्मार्टफोन एन्ड्रोइड टेन गोमा आधारित हुनेछ ।

    चिनियाँ माइक्रो ब्लगिङ साइट वाइबोमार्फत नोकियाले सार्वजनिक गरेको तस्वीर हेर्दा यो फोनमा नोकिया सी थ्री जस्तै फिचर हुनसक्ने अन्दाज गर्न सकिन्छ ।

    यसमा बायाँतर्फको भागमा कुनै बटन छैनन् । नोकिया मोबाइलको तस्वीरमा भएको क्याप्सनमा नोकिया सी थ्रीको साथी उल्लेख छ । यसको अर्थ यो डिभाइस नोकिया सी सिरिजकै हुने देखिन्छ भने सम्भवतः यसको नाम नोकिया सी वान प्लस हुनेछ ।

    यो फोन एन्ड्रोइड गो एडिसनमा हुने भएका कारण यो स्मार्टफोन मेल, म्याप, भ्वाइस सपोर्ट जस्ता गुगल एपलाई यसले सपोर्ट गर्दछ । तर चीनमा गुगल एपले काम गर्दैनन् ।

    यस्तोमा कम्पनीले चीनमा एन्ड्रोइड टेन एडिसन ल्याउनका लागि केही वर्कअराउण्ड रहनसक्ने बताइएको छ । यद्यपी अहिलेसम्म यो फोनसँग जोडिएका थप जानकारी भने बाहिर आएका छैनन् ।

    त्यसैले प्रयोगकर्ताले यसका लागि केही समय कुर्नै पर्नेछ । एचएमडी ग्लोबलले आउँदो सालको सुरुवातमा नोकिया ५.४ तथा नोकिया ९.३ प्योरभ्यू सार्वजनिक गर्ने योजना बनाएको छ ।

    जुन पछिल्लो समय टेनामा सूचीकृत भएको थियो । जसअनुसार यी स्मार्टफोनमा स्नापड्रागन ६६२ प्रोसेसर र क्वाड क्यामेरा सेटअप हुनेछ ।

    यो फोन रातो र निलो रंगमा उपलब्ध हुनेछ भने यसमा ५.४५ इन्चको डिस्प्ले राखिएको छ । २ जीबी र्‍याम तथा ६४ जीबी स्टोरेजका साथ आउने यो फोनमा मेन क्यामेरा ५ मेगापिक्सेल तथा फ्रन्ट क्यामेरा ३ मेगापिक्सेलको हुनेछ ।

    साथै यसमा २५०० एमएएच क्षमताको ब्याट्री हुनेछ । नोकियाले यो फोन विश्वभर अन्य मुलुकमा समेत सार्वजनिक गर्ने जनाएको छ ।

    प्रकाशित मिति :मंसिर २६ २०७७ शुक्रवार - १५:१५:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij