२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । सोमवारको तुलनामा मंगलवार प्रतितोला छापावाला सुनको मूल्य ३ सयले वृद्धि भएको छ ।
सोमवार सुनको मूल्य ९१ हजार ५ सय रहेकोमा आज मूल्य वृद्धि भइ प्रतितोला सुन ९१ हजार ८ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रहेको छ ।
सोमवारको तुलनामा मंगलवार प्रतितोला चाँदीको मूल्य ५ रुपैयाँले वृद्धि भएको छ । सोमवार चाँदीको मूल्य १३ सय २५ रहेकोमा आज १३ सय ३० कायम भइ कारोबार भइरहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij