२०८२ भाद्र ११ गते बुधवार
चर्चित नायिका स्वस्तिमा खड्का सञ्चारकर्मी प्रकाश सुवेदीको रजतपट कार्यक्रमको बिषयलाई लिएर विवादमा तानिएकी छिन् ।
सुवेदीले रजतपट पछिल्लो श्रृङ्खलामा नेपाली कलाकारहरु कामविहिन भएको कुरा उठाउँदै स्वस्तिमा खड्कालाई इंगित गर्दै अभिव्यक्ति दिएपछि नायिका खड्का आक्रोशित बनेकी छिन् ।
सुवेदीले भनेका छन्, ‘कुनै समय थियो हाम्रा कलाकारहरुलाई भ्याईनभ्याई हुन्थ्यो, अलि चलेका कलाकारलाई लिएर फिल्म बनाउन खोज्दा पनि एक वर्षपछि गएर सोच्नुपर्ने स्थिती थियो, त्यति व्यस्त थिए कलाकार । डेट दिनै गाह्रो । अहिले त कामधाम छैन, बुढो बोक्यो, हिँड्यो ।’
प्रकाशको यस्तो अभिव्यक्तिपछि नायिका स्वस्तिमाले श्रीमान् निश्चल बस्नेतलाई बोकेको छोटो भिडियो फेसबुकमा राख्दै कटाक्ष गरेकी छिन् ।
चलचित्र सम्बन्धित सात पेशागत संघ संगठनले रजतपटमा सहभागी नहुन चलचित्रकर्मीहरुलाई आग्रहसमेत गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij