२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । माछापुच्छ्रे बैंकले पुस २ गते साधारण सभा गर्ने तय भएको छ । उक्त साधारण सभाबाट १०.४% लाभांश पास हुने भएको छ । बैंकले ७.०३ प्रतिशत बोनस सेयर र ३.३७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।
सभाले पास गरेपछि बैंकका लगानीकर्ताले उक्त लाभांश प्राप्त गर्न सक्ने छन् । उक्त लाभांश असोज २२ गतेसम्म सेयर खरिद गरेका लगानीकर्ताहरुले प्राप्त गर्न सक्नेछन् । साथै बैंकले साधारण सभाबाट विदेशी रणनीतिक साँझेदार भित्र्याउन बाटो खुल्ला गर्ने जनाएको छ ।
उक्त साझेदारका लागि सम्पूर्ण अधिकारी सञ्चालक समितिमा प्रत्यायोजन हुने भएको छ । बैंकले अन्य बैंक तथा वित्तिय संस्थाहरुसँग मर्जर वा प्राप्तिमा जानका लागि पनि सञ्चालक समितिलाई अख्तियारी दिने बताइएको छ ।
त्यस्तै, सोही साधारण सभाले सर्वसाधारण सेयरधनीहरुका तर्फबाट ३ जना नयाँ सञ्चालक समिति सदस्य पनि निर्वाचित गर्ने जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij