२०८२ माघ १५ गते बिहिवार
आज बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले नेकपा एकतापछि स्थायी कमिटीमा समेटिएका एमालेका चार र माओवादीका चार नेतालाई थप गर्दै नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी भंगगरेको छ। ।
नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीले स्थायी कमिटीलाई ब्युँत्याएको हो । सर्वोच्च अदालतको जेठ २७ गतेको आदेशपछि महाधिवेशन आयोजक कमिटीमाथि प्रश्न उठेपछि बुधबार बालुवाटारमा बसेको सो कमिटीको अन्तिम बैठकले आफूलाई पुनः केन्द्रीय कमिटीमा रुपान्तरित गरेको छ।
बैठकले तत्कालीन एमालेमा नरहेका तर नेकपा गठन गर्दा थपिएका स्थायी कमिटी सदस्यलाई अहिले पनि स्थायी कमिटीमै राखिएको छ। जुन जेठ ३ गतेको अवस्था हो। नेकपा एकता प्रक्रियामा एमालेबाट थपिएका रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्तसहित माओवादीतर्फ नलागी एमालेमा समाहित भएका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा स्थायी कमिटी सदस्य बनेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij