२०८२ भाद्र ९ गते सोमवार
१५० सीसी सेग्मेन्टका मोटरसाइकलहरु नेपाली बजारमा सबैभन्दा धेरै विक्री हुने सेग्मेन्ट रहेको छ । उचित मूल्य, संचालन खर्च कम, जुनसुकै उमेर सुहाउँदो हुनु जस्ता कारणले नेपाली बजारमा यो सेग्मेन्टमा धेरै मोटरसाइकल बिक्री हुने गरेको पाइन्छ ।
धेरै मोटरसाइकल विक्री हुने यो सेग्मेन्टमा सबै कम्पनीले उत्कृष्ट उत्पादन बजारमा ल्याउने गरेको पाइन्छ । कोरोनाको दोस्रो लहरका कारण भएको निषधाज्ञासँगै भर्खरै बजार खुल्न थालेको छ । यससँगै कतिपय मानिसले मोटरसाइकल किन्ने सोच्नु भएको धेरै विक्री हुने मोटरसाइकल हुन् ।
हिरो एचिभर
नेपाली बजारमा उपलब्ध १५० सीसीको सबैभन्दा सस्तो मोटरसाइकल हिरो एचिभर हो । यसको मूल्य २ लाख ३० हजार रुपैयाँ तोकेर विक्री हुँदै आएको छ । हिरोको आधिकारीक वितरक एनजीएमले नेपालमा विक्री गर्ने यो मोटरसाइकलमा १४९.१ सीसी क्षमताको इन्जिन दिइएको छ । उक्त इन्जिनले १३.४ बीएच पावर प्रदान गर्छ ।
यामाहा एसजेड आरआर
यामाहाको आधिकारीक वितरक एमएडब्लु इन्टरप्राइजेज्ले नेपालमा विक्री गर्दै आएको एसजेड आरआर दोस्रो सस्तो मोडल हो । १४९ सीसी क्षमतको इन्जिनमा उपलब्ध यामाहाको यो मोटरसाइकलको मूल्य २ लाख ४२ हजार ९०० रुपैयाँ तोकिएको छ । उक्त इन्जिनले अधिकतम १२.१ पीएस पावर प्रदान गर्छ ।
टीएनटी १५
वेनेलीले नेपालमा विक्री गर्दै आएको टिएनटी १५ र टिएनटी १५० आई पनि १५० सीसी क्षमताका मोटरसाइकल हुन् । कम्पनीले विक्री गर्ने टिएनटी १५ को मूल्य २ लाख ४७ हजार ५०० र टिएनटी १५० आईको मूल्य ३ लाख २२ हजार ५०० रुपैयाँ रहेको छ । १४९ सीसी क्षमताका इन्जिन उपलब्ध यी बाइकले अधिकतम १२.६ बीएच पावर प्रदान गर्छ ।
होन्डा युर्निकर्न
१५० सीसी सेग्मेन्टको चौथो सस्तो मोटरसाइकल होन्डा यूनिकर्न १५० हो । यसको मूल्य २ लाख ६५ हजार ९०० रुपैयाँ रहेको छ । स्याकार ट्रेडिङले विक्री गर्ने यो मोटरसाइकल बजारमा निकै सफल मोडल मानिन्थ्यो । सन् २०१६ मा यसको उत्पादन बन्दगरेसँगै यूनिकर्न १६० सीसीमा मात्रै उपलब्ध रहेको थियो । तर, २०१९ को अन्तिमबाट पुनः बजारमा आएको यूनिकर्न अहिलेपनि राम्रो विक्री हुने मोडलमा पर्छ । यसमा रहेको १४९ सीसी क्षमताको इन्जिनले १२.७३ बीएच पावर प्रदान गर्छ ।
बजाज पल्सर १५०
बजाज पल्सर १५० सर्वाधिक सफल मोटरसाइकल हो । यसको मूल्य २ लाख ६६ हजार ९०० रुपैयाँ निर्धारण गरेर विक्री वितरण हुँदै आएको छ । हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले सन् २००१ देखि नै नेपालमा पल्सर १५० उपलब्ध रहेको छ । यसको दुबै चक्कामा डिस्क ब्रेक रहेको (टीडी) भेरियन्टपनि उपलब्ध रहेको छ । यो भेरियन्टको मूल्य भने २ लाख ८३ हजार ९०० रुपैयाँ रहेको छ । यसमा रहेको १४९.५ सीसी क्षमताको इन्जिनले अधिकतम १३.४ पीएस पावर प्रदान गर्छ ।
अन्य
यामाहाले विक्री गर्ने एफजेडएस भि टु र भि थ्रि पनि १५० सीसी क्षमताको इन्जिनमा उपलब्ध रहेको छ । एफजेड भि टुको मूल्य २ लाख ८४ हजार ९००, एफजेडएस भी टुको मूल्य ३ लाख ४ हजार ९०० रुपैयाँ रहेको छ भने भि थ्रीको मूल्य ३ लाख २९ हजार ९०० रुपैयाँ रहेको छ । यी मोटरसाइकलमा रहेको १४९ सीसीको इन्जिनले अधिकतम १३.१ पीएस पावर प्रदान गर्छ । त्यस्तै नेपालमा सुजुकी जिक्सर, सिएफमोटो १५० एनके, हाउजे १५०, मोटरहेड एचएम १५० जस्ता मोटरसाइकल उपलब्ध रहेको छ ।
नेपालमा विक्री हुने सबैभन्दा महंगो १५० सीसीको मोटरसाइकल होन्डा एक्सआर १५० एल हो । स्याकार ट्रेडिङले विग बाइकको सेग्मेन्टमा राखेर विक्री गर्दै आएको एक्सआर १५० एलको मूल्य ५ लाख ४९ हजार ९०० रुपैयाँ तोकिएको छ । यसमा उपलब्ध इन्जिनले अधिकतम १२.१४ हर्स पावर प्रदान गर्छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij