Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

माओवादीबाट एमाले पुगेका नेताजति सबैलाई लाग्यो साढे सातको दशा, राजनीतिनै संकटमा

माओवादीबाट एमाले पुगेका नेताजति सबैलाई लाग्यो साढे सातको दशा, राजनीतिनै संकटमा


  • 6.7K
    Shares

    माओवादीबाट एमाले पुगेका नेताजति सबैलाई लाग्यो साढे सातको दशा, राजनीतिनै संकटमा

    माओवादीबाट एमाले पुगेका पूर्व माओवादीका नेताहरुलाई  बाधा र संकट परेको छ । पुस ५ पछि एमाले बनेका रामबहादुर थापा (बादल) हरु एमाले नै हुन् कि हैनन् भनेर वैधानिकता खोजियो, कोही रिट लिएर अदालत गयो र अदालतले विधानका धारा, दफा केलाउँदै फैसला ग¥यो भने के होला ?

    एमालेको विधानले त प्रष्टै भन्छ, बादलहरु एमाले भैसकेका छैनन् ।  कसरी भने, ०७५ जेठ २ गतेसम्मको नेकपा एमाले केन्द्रीय कमिटीमा २ सय ३ जना सदस्य थिए । धारा ६५ को उपधारा ५ र ६ अनुसार पदाधिकारी थप्दा राष्ट्रिय प्रतिनिधि परिषद्को अनुमोदन चाहिन्छ । 

    पदाधिकारीको हकमा सम्बन्धित कमिटीले पहिला कार्यवाहक बनाउने र सम्बन्धित तहको प्रतिनिधि परिषद्ले उक्त पदमा निर्वाचित गर्ने हो । तर, बादलहरु यी कुनै पनि प्रक्रियाभित्र एमालेको कमिटीमा अहिलेसम्म छिरिसकेका छैनन् ।


    त्यसैले उनीहरुका विरुद्ध कोही अदालत गयो भने मन्त्रीजसरी नै पार्टीको पद पनि जानेछ । किनभने, २ सय ३ सदस्यीय केन्द्रीय कमिटीको दुई तिहाई भनेको १ सय ३२ जना हो । फागुन २३ मा एमाले व्युँतिएपछि २८ गते बसेको बैठकमा साविक एमालेका दुई तिहाई केन्द्रीय सदस्यको उपस्थिति थिएन ।

    एमाले प्रवेश गरेपछि माओवादीले बादलसहित नेतालाई कारवाही गरेको थियो । सांसद र मन्त्री पद गएपछि बादल राष्ट्रिय सभाको निर्वाचनमा पनि पराजित भएका थिए । 

    प्रकाशित मिति :आषाढ १६ २०७८ बुधवार - ११:३०:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij