Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

कारवाहीमा परेका बाहेकलाई ओलीले बोलाए बालुवाटार,माधव नेपालको अन्तिम नाडी छाम्दै ओली

कारवाहीमा परेका बाहेकलाई ओलीले बोलाए बालुवाटार,माधव नेपालको अन्तिम नाडी छाम्दै ओली


  • 8.2K
    Shares

    कारवाहीमा परेका बाहेकलाई ओलीले बोलाए बालुवाटार,माधव नेपालको अन्तिम नाडी छाम्दै ओली

    पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति तय गर्न नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठक भोलि बुधवार बस्दैछ ।

    भोलिको बैठकका लागि माधव नेपाल पक्षका ११ जनाबाहेक अन्यलाई सूचना गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।


    ‘कारवाहीमा परेका ११ जना मध्येका केन्द्रीय सदस्यबाहेक अन्यलाई बोलाइएको छ,’ तामाङले भने । 

    नेता नेपाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाक्री लगायत ११ जनालाई निमन्त्रणा गरिएको छैन । महाधिवेशन आयोजक कमिटीको बैठक बुधवार बिहान ११ बजे बालुवाटारमा बस्ने तय भएको छ । 

    कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गरेको, बागमती प्रदेशमा पार्टीको उम्मेदवारको विपक्षमा मतदान गरेको तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भन्दै नेपालसहित ११ जना कारवाहीमा परेका थिए । 

    नेताहरू योगेश भट्टराई, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे लगायतलाई बुधवारको बैठकमा सहभागिताको लागि सूचना गरिएको छ ।

    ‘भोलिको बैठकमा सहभागी हुनेबारे उहाँहरू छलफलमा जुट्नुभएको सूचना पाएका छौं,’ संस्थापन पक्षका एक नेताले भने । 

    बुधवारको बैठकमा पूर्व माओवादी पृष्ठभूमिका रामबहादुर थापा, टोपबहादुर रायमाझी लगायतका नेताहरू भने सहभागी हुनेछन् । सचिव तामाङले रामबहादुर थापा लगायतका नेताहरू बैठकमा सहभागी हुने जानकारी दिए ।

    अहिलेको एमाले नेकपाको उत्तराधिकारी पार्टी भएकाले एकतापछि एमालेमा रहेका नेताहरू बैठकमा सहभागी हुने संस्थापन पक्षले बताएको छ । 

    बुधवारको बैठकले नेकपा एमालेलाई जेठ २ गतेको अवस्थामा फर्काउने निर्णय लिने अपेक्षा गरिएको छ । बुधवारको बैठकको तयारी स्वरूप एमाले स्थायी कमिटीको बैठक मंगलवार बस्दैछ । 

    प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजेपछि बैठक बस्न लागेको छ । 

    प्रकाशित मिति :आषाढ १५ २०७८ मंगलवार - १७:२०:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij