Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

ओलीले कृष्णगोपालको झाँको झार्दै आइन्दा थुतुनो जोगाउनू भन्दै दिएछन् दुई घन्टे अर्ती

ओलीले कृष्णगोपालको झाँको झार्दै आइन्दा थुतुनो जोगाउनू भन्दै दिएछन् दुई घन्टे अर्ती


  • 8.9K
    Shares

    ओलीले कृष्णगोपालको झाँको झार्दै आइन्दा थुतुनो जोगाउनू भन्दै दिएछन् दुई घन्टे अर्ती

    काठमाडौं । चर्को बिबाद पछि कृष्णगोपाल प्रकरणमा प्रधानमन्त्रीको धारणा बाहिरिएको छ।  प्रधानमन्त्री केपी शर्मा ओलीले जातीय विभेद गरेको आरोपमा पक्राउ परेकी घरबेटीलाई छुटाउन पुगेका र आफ्नै गाडीमा राखेर घरसम्म पुर्‍याएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको क्रियाकलापबारे आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

    प्रधानमन्त्री ओलीले मन्त्री श्रेष्ठले ठीक नगरेको भन्दै ध्यानाकर्षण गराएको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले बताए। ‘प्रधानमन्त्रीज्यूले यसबाट आफ्नो ध्यानाकर्षण भएको बताउनुभएको छ,’ कानुनमन्त्री श्रेष्ठले मंगलबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘प्रधानमन्त्रीज्यूले मन्त्रीज्यूलाई तपाईंले जे गर्नुभो, ठीक गर्नुभएन भन्नुभएको छ।' श्रोतका अनुसार ओलीले श्रेष्ठलाई २ घण्टा लगाएर झापार्नु सम्म झपारेका थिए।  आफ्नो उत्ताउलो चाकडी गरेर नबोल्न समेत ओलीले उनलाई चेतावनी दिएको बुझिएको छ। 

    कानुन कार्यान्यन गर्ने जिम्मेवारीमा रहेको व्यक्तिबाटै कानुन उल्लंघन हुनु दुर्भाग्य भएको उनले बताए। 'मन्त्रीले आफ्नै गाडीमा चढाएर लैजानु भनेको दुर्भाग्य हो,' उनले भने, 'हाम्रो क्याबिनेट मिनिस्टरले गरेको गल्तीलाई हामीले स्वीकार्नुपर्छ।'

    एकातर्फ छुवाछुत हटाउन कानुन बनाउने, अर्कोतर्फ कार्यान्वयन नगर्ने व्यवहार ठीक नहुने भन्दै मन्त्री श्रेष्ठलाई ध्यानाकर्षण गराएको कानुनमन्त्रीले बताए। सम्बन्धित मन्त्रीले समेत गल्ती महसुस गरेको उनको भनाइ छ।

    छुवाछुतलाई अन्य गर्ने राज्यले घोषणा गरिसकेको र यसका लागि आवश्यक कानून, नियमावलीसमेत बनेर कार्यान्वयनमा लैजाने चरणमा रहेको उनले बताए। आगामी आर्थिक वर्षमा यसका लागि बजेटसमेत पर्याप्त छुट्याएको मन्त्री श्रेष्ठको भनाइ थियो। 'अहिलेको विश्वमा छुवाछुत भन्ने कुरालाई न्यून मात्रै हैन, अन्त्य नै गर्नुपर्छ। यसका लागि सरकार कार्ययोजनाका साथ अघि बढेको छ,' उनले भने।

    जातका कारण डेरा नदिएको आरोपमा बबरमहलकी स्थानीय सरस्वती प्रधानलाई रुपा सुनारको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको थियो। तर, सरकारी वकिलको कार्यालयले प्रमाण नपुगेको भन्दै मुद्दा चलाउन अस्वीकार गरेपछि प्रधानलाई असार ९ गते थुनामुक्त गरेको थियो।

    प्रधानलाई थुनामुक्त गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेका थिए। त्यसपछि मन्त्री श्रेष्ठले प्रधानलाई बा १ झ ८७६३ नम्बरको आफ्नै गाडीमा चढाएर प्रधानलाई बबरमहलस्थित उनकै घरमा लगेर छाडेका थिए।

    प्रकाशित मिति :आषाढ १५ २०७८ मंगलवार - १६:२६:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij