२०८२ माघ १५ गते बिहिवार
काठमाडौं । महाधिवेधनको मिति नजिकिदै गर्दा कांग्रेसमा ध्रुविकरण तिब्र बन्न थालेको छ। कांग्रेसका तीन नेता डा. शशांक कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिले १३ औँ महाधिवेशनमा सभापतिका आकांक्षी रहेका तीन नेताबाहेकका नेतालाई शुक्रबार ‘लञ्च मिटिङ’मा बोलाएका छन् ।
टोखा स्थित डा. कोइरालाको निवासमा आउदो शुक्रबार तीनबाहेका बाँकी नेतालाई बोलाइएको एक नेताले जानकारी दिए ।त्यसपछि पार्टीका तीन नेता शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्ण सिटौलासँग छुट्टै छलफल गरिनेछ ।
“हामी तीनबाहेक थप नेतालाई पनि सहभागी गराएर छलफल गरिने तयारी गरेका छौँ,” एक नेताले भने ।
तीन नेताको छलफलपछि पूर्वमहामन्त्री प्रकाशमान सिंहले तीन नेताबाहेक अन्य नेतालाई पनि सहभागी गराएर लैजाने विषयमा छलफल भएको बताए । तीन जना मध्ये एक जना सभापतिको उम्मेदवार हुने दाउ छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij