Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

ओलीका वकिलले राजनीतिक अस्थिरताको कारण अदालत हो भनेपछि न्यायाधीशले यसरी झारे झाँको 

ओलीका वकिलले राजनीतिक अस्थिरताको कारण अदालत हो भनेपछि न्यायाधीशले यसरी झारे झाँको 


  • 6.0K
    Shares

    ओलीका वकिलले राजनीतिक अस्थिरताको कारण अदालत हो भनेपछि न्यायाधीशले यसरी झारे झाँको 

    प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दा सुनुवाइका क्रममा न्यायाधीश खतिवडाले सरकारी पक्षको बहस र लिखित जवाफमाथि प्रश्न उठाएका छन् । सरकारी पक्षले लिखित जवाफमा र बहसका क्रममा राजनीतिक अस्थिरताको कारण अदालतका फैसला भएका टिप्पणी गरेपछि न्यायाधीश खतिवडाले बहसका आएका नायब महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेयलाई यस्तो जिज्ञासा राखेका हुन् । 


    प्रधानमन्त्री नियुक्त नगर्ने राष्ट्रपतिको निर्णय, प्रतिनिधिसभा विघटनको निर्णय र प्रतिनिधिसभा विघटन सिफारिस गर्ने प्रधानमन्त्रीको कदमको बचाउमा सोमबार बहसमा आएका नायब महान्यायाधिवक्ता पाण्डेयले भारतमा संसद् विघटनले स्थिरता ल्याएको तर्क गरेका थिए । नेपालमा पनि राजनीतिक स्थिरता ल्याउनका लागि गरिएको संसद् विघटन अदालतले स्वीकार गर्नुपर्ने जिकिर गरे ।

    त्यसपछि न्यायाधीश खतिवडाले भने, 'भारतभन्दा हामी रिभर्समा गइरहेका छौं । नेपालमा २०५२ मा विघटन भयो अदालतले बदर गर्‍यो । त्यसपछि पनि विघटन भए । स्थायित्व त कहिल्यै भएन । सरकार त पटक पटक परिवर्तन भयो ।'

    भारतमा संसद् विघटनले राजनीतिक स्थिरता ल्याएको तर नेपालमा अस्थिरता ल्याएको परिस्थितिलाई कसरी हेर्ने भनेर पनि न्यायाधीश खतिवडाले सोधेका थिए । 'यो सबै राजनीतिक अस्थिरताको एकमात्र कारण अदालतको फैसला हो भन्ने ढंगबाट लिखित जवाफ पनि आए र बहसमा पनि कुरा आयो, त्यै शब्दमा व्यक्त नभएपनि,' उनले प्रश्न गरे, 'राजनीतिक अस्थिरता को एकमात्र कारण अदालतको फैसला मात्र हो कि अरु पनि छन् ?'

    न्यायाधीश खतिवडाको उक्त प्रश्नपछि पाण्डेयले राजनीतिक अस्थिरताको एकमात्र कारण अदालतका फैसला नभएको बताए । उनले राजनीतिक अस्थिरताका धेरै कारणमध्ये एक अदालतका फैसला भएको बताए ।

    संवैधानिक इजलासमा प्रतिनिधसभा विघटनविरुद्ध शेरबहादुर देउवासहित १ सय ४६ सांसदले दायर गरेको रिट निवेदनमाथि निरन्तर सुनुवाइ भइरहेको छ ।

    प्रकाशित मिति :आषाढ १५ २०७८ मंगलवार - १४:५४:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij