२०८२ भाद्र २४ गते मंगलवार
लोक सेवा आयोगले गत पुसमा सञ्चालन गरेको न्याय सेवातर्फ अधिकृत पदको लिखिततर्फको नतिजा सार्वजनिक गरेको छ।
विज्ञापन नम्बर १६६८६-६६९२/०७६-७७ (खुला तथा समावेशी) न्याय सेवा, न्याय, कानुन र सरकारी वकिल समूह, रा.प. तृतीय श्रेणी, शाखा अधिकृत पदको लिखिततर्फको नतिजा सार्वजनिक गरेको हो।
आयोगले लिखित परीक्षा उत्तीर्ण गरेका परीक्षार्थीसँग साउन ३ गते १८ गतेसम्म रोलक्रमअनुसार सामूहिक परीक्षण र अन्तर्वार्ताको तालिका प्रकाशित गरेको छ।
आयोगले माग गरेको २५५ जनाको रिक्त पदमा १५८९ जना परीक्षार्थी मध्यबाट लिखित परीक्षा उत्तीर्ण गर्ने २९९ जनालाई अन्तर्वार्ताका लागि नामावली प्रकाशन गरेको हो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij