२०८२ माघ १५ गते बिहिवार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेतालाई व्यंग्य हानेका छन्। आजको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले माधव नेपाल भन्ने एकजना मान्छे प्रचण्ड र देउवाको पिक्षा लागेको कुरा सुनेको बताएका छन्।
नेपाल पतन भइसकेको लाजसरम भएको नभएको मान्छेलाई नचिन्ने बताएका छन्। आफ्नो पार्टीको सरकारलाई ढाल्न खोज्ने नेपाललाई अब नचिन्ने बताएका छन्।
कांग्रेस र माओबादी केन्द्रसंग लागेर नेपाल पतन भइसकेको दावी गरे। नेपाली राजनीतिमा अब देउवा प्रचण्ड र नेपालको कुनै अर्थ नभएको बताएका छन्। देउवा प्रधानमन्त्री बन्न दिउसै सपना देखेको आरोप लगाए।
दिउसै सपना देखेर कहिले पनि पुरा नहुने भन्दै ओलीले अब नेपाललाई एमालेमा अटाउन नसक्ने बताए। माधव नेपालले प्रधानमन्त्रीको प्रस्ताव राखेको भन्दै झुटो बोल्दै आएको दावी गरे।
उनले भने, “मलाई बौहाला कुकुरले टोटेको छ र माधव नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव राख्नलाई। उनले नेता नेपाललाई देउवाकै कार्यकर्ता हुनसक्ने भन्दै नेपाल प्रचण्डको एउटा मामुली कार्यकर्ता भएको समेत बताए ।
‘मैले माधव नेपाललाई प्रमको प्रस्ताव गरे रे, के मलाई बौलाहा कुकुरले टोकेको छ र ? आफ्नो महत्व आफै बढाउन खोजेको हो । एक ढंगले भन्ने हो भने यी प्रचण्डका पुच्छर हुन्’, ओलीको भनाई छ । उनले काँग्रेस के कारण आन्दोलनमा उत्रिएको भन्दै प्रश्न समेत गरे ।
उनले केही मानिसहरुमा विचार उदेश्य हराएको भन्दै सम्मृद्ध नेपाल सुखी नेपालीको मार्गदर्शन छोडेर व्यक्तिगत अहंकार कुण्ठामा रमाउने गरेको आरोप लगाए । ओलीले राजनीतिक दलका कार्यकर्तालाई विचारबाट चल्ने भन्दा पनि खेतालाका रुपमा प्रयोग गर्न थालेको भन्दै विपक्षी गठबन्धनको चर्को आलोचना गरे ।
त्यस्तै उनले नाथुराम गोड्सेको खोजी गर्ने काँग्रेसले प्रचण्ड पथ अँगालेको आरोप पनि लगाए । ‘प्रचण्डपथ यति व्याप्त भैसक्यो त्यसलाई काँग्रेसले अंगालेपछि । कोर्टमा पनि चर्चा भयो । आश्चर्य लाग्छ । सर्वोच्च अदालतले हिंसालाई दुरुत्साहन गर्ने काम गर्दा रोक्ने काम गरेन ।
न्यायमुर्तीहरुले त्यो सुझाव पनि राख्न सक्नुहुन्न र ?’, ओलीले प्रश्न गरे । उनले राजनीतिलाई संसदबाट निरुपण गर्न नसक्नेहरु अदालतमा प्रधानमन्त्री बनाइ माग्न गर्नेहरुले अग्रगमनको कुरा गर्नु गलत अभ्यास हुन थालेको बताए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij