Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

जब रातारात परिस्थिति उल्टियो अनि पो ओलीले प्रतिनिधिसभा विघटन गरेको भन्दै वडाल गरे तर्कै-तर्क 

जब रातारात परिस्थिति उल्टियो अनि पो ओलीले प्रतिनिधिसभा विघटन गरेको भन्दै वडाल गरे तर्कै-तर्क 


  • 6.0K
    Shares

    जब रातारात परिस्थिति उल्टियो अनि पो ओलीले प्रतिनिधिसभा विघटन गरेको भन्दै वडाल गरे तर्कै-तर्क 

    काठमाडौं । संवैधानिक इजलासमा जारी प्रतिनिधिसभा विघटन विरुद्धको रिटमाथि सुनुवाइका क्रममा महान्यायाधिवक्ता रमेश वडालले नेपालको संविधानको धारा ७६(४) अनुसार विश्वासको मत प्राप्त हुने अवस्था नभए पनि रातारात परिस्थिति परिवर्तन भएर प्रधानमन्त्री केपी शर्मा ओलीले धारा ७६(५) अनुसार दाबी पेश गरेका जवाफ दिएका छन् ।

     नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षका अधिवक्ताले उपधारा (३) बमोजिमको प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि (५) मा दाबी गर्न नपाइने तर्क गरेपछि महान्यायाधिवक्ता वडालले परिस्थिति रातारात परिवर्तन हुनसक्ने अपत्यारिलो  जवाफ दिए ।

    ‘उपधारा ७६(४) अनुसार विश्वासको मत नपाए पनि (५) मा दाबी पेश गर्न मिल्छ । रातारात परिस्थिति परिवर्तन हुन्छ, परिस्थिति परिवर्तन भएपछि उहाँ (५) मा जानुभयो,’ उनले भने ।

    प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा विश्वासको मत लिँदा विपक्षमा समेत बहुमत नपुगेकाले अहिले बहुमतको दाबी कसरी गरियो भनेर प्रश्न गरेका छन् ।

    प्रकाशित मिति :आषाढ १४ २०७८ सोमवार - १५:०५:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij