Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

प्रचण्डको खेदो खन्दै ओली हाने छेड,‘निलवर्ण स्याल’ र ‘छेपारो’ सँग प्रचण्डको यसरी गरे तुलना

प्रचण्डको खेदो खन्दै ओली हाने छेड,‘निलवर्ण स्याल’ र ‘छेपारो’ सँग प्रचण्डको यसरी गरे तुलना


  • 7.0K
    Shares

    प्रचण्डको खेदो खन्दै ओली हाने छेड,‘निलवर्ण स्याल’ र ‘छेपारो’ सँग प्रचण्डको यसरी गरे तुलना

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०लाई दन्त्यकथाको ‘निलवर्ण स्याल’ र ‘छेपारो’ सँग तुलना गरेका छन्।

    मदन भण्डारीको ७० औं जन्मजयन्तीको अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा ओलीले अरु नेताहरुसँगै प्रचण्डको चर्को आलोचना गर्दै  छेपारोले झैं रंग फेर्नु नौलो नभएको टिप्पणी गरेका हुन् । केही दिनअघि अहिलेका राष्ट्रपतिभन्दा राजामहाराजाको शान रहेको भन्ने अभिव्यक्तिप्रति लक्षित गर्दै ओलीले प्रचण्डलाई छेपारोको संज्ञा दिए। उनले भने, ‘प्रचण्डले राष्ट्रपति भन्दा राजा राम्रो भने। मान्छेहरुले किन छक्क माने रु छोपारोले रंग एकछिनमा फेर्छ त !’

    प्रचण्डले कहिले कम्फर्टेबल सरकार बनाइदिन्छु भन्ने, कहिले किन छिमेकीले हस्तक्षेप गर्दैनन् भनेर हिँडिरहेको उल्लेख गरे। उनले भने, कहिले गाण्तन्त्र मैले ल्याएँ भन्छ, कहिले राष्ट्रपति भन्दा राजा राम्रो राजा भन्छ।’ ओलीले दन्त्यकथा सुनाउँदै प्रचण्डलाई ‘निलवर्ण स्याल’ र ‘छेपारो’सँग तुलना गरेका हुन्। उनले कथा सुनाए, ‘निलो वर्णको रङ भरिएको ठाउँमा स्याल पानी खान गयो। झुक्किएर भित्र खसेछ, स्याल पूरै निलो भयो। त्यसपछि स्याल जंगल गयो। ऊ त अर्कै रङको छ। उसले जंगलमा पुगेपछि म विशेष प्रकारको प्राणी हुँ भन्न थाल्यो। निल वर्णको म मात्रै यस्तो जीव हुँ भन्न थाल्यो। म जंगलको राजा हुँ भन्यो । जनावरले पत्याउँदै गए। सबैले होला भन्ठाने। अलिकति साँझ परेपछि अलिक पर स्याल कराउन थाले। त्यसपछि त्यो पनि ठाडो घाँटी लगाएर कराउन थाल्यो। स्यालको धर्म के हुन्छ भने अरु कराएपछि कराउनै पर्ने । स्याल भन्ने उसको कराउने धर्मबाट थाहा पाएपछि बाघले झप्पु दिएर समात्यो।’

    प्रचण्डले विदेशबाट हतियार ल्याएर नेपाली जनताको नरसंहार गरेको, जनताले दुःखले जम्मा गरेको पैसा बैंकबाट लुटेको, बाँदरमुढे घटना घटाएको, मानिसहरुलाई महिनौंसम्म नियन्त्रणमा लिएर निर्मम, जघन्य अपराध गरेको र अहिले लोकतन्त्रको मसिहा बनेको उनले बताए ।

    प्रकाशित मिति :आषाढ १४ २०७८ सोमवार - १४:५४:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij