Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

देउवाका वकिलले अदालतलाई झुक्याएको भन्दै ओलीका वकिलले थापे अर्घेलो, अदालत नै झुक्कियो

देउवाका वकिलले अदालतलाई झुक्याएको भन्दै ओलीका वकिलले थापे अर्घेलो, अदालत नै झुक्कियो


  • 6.7K
    Shares

    देउवाका वकिलले अदालतलाई झुक्याएको भन्दै ओलीका वकिलले थापे अर्घेलो, अदालत नै झुक्कियो

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मद्दामा सरकारी पक्षले संवैधानिक इजलासको क्षेत्राधिकारबारे प्रश्न उठाएको छ ।

    महान्यायाधिवक्ता रमेश बडालले आफूहरूले स्वीकार गरे पनि संवैधानिक इजलासमा सो मुद्दाको सुनुवाइ हुनु कानूनी दृष्टिले त्रुटिपूर्ण रहेको बताएका हुन् ।

    रिट निवेदकहरूले गरेको दावी बमोजिम संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनको मुद्दा आउनै नपर्ने महान्यायाधिवक्ता बडालको दावी छ । ‘निवेदकहरूले रिटमा के लेख्नुभयो र अदालत कहाँनेर झुक्कियो ? यो संवैधानिक इजलासमा आइपुग्नुपर्ने मुद्दा नै होइन । जुन धारा टेकेर मुद्दा दिइएको छ, त्यो धाराको कुरा यहाँ उठेन’, बडालले भने । उनले २०३१ सालको नजीर उल्लेख गर्दै भने, ‘२०३१ सालको एक फैसला अनुसार पक्षको सम्मति वा स्वीकृति भएर मात्रै हुँदैन । इजलासलाई मुद्दा हेर्ने अधिकार क्षेत्र पनि पाउनुपर्छ । यो इजलासमा यो मुद्दा ल्याउन निवेदकहरूले झुक्याएका छन् ।’

    महान्यायाधिवक्ता बडालले इजलासले निर्दलीय पञ्चायती व्यवस्था रहने वा नरहने निर्क्यौल दिनुपर्ने समेत बताए । ‘यो बहुदलीय व्यवस्था हो कि होइन रु मित्रहरूको बहस सुन्दा हामी २०४६ सालको अन्त्यतिर छौं जस्तो लाग्यो । हामी त निर्दलीय पञ्चायती व्यवस्था राख्ने कि फाल्ने भन्नेमा निर्णायक बहस गर्दै रहेछौं’, बडालले भने ।

    प्रकाशित मिति :आषाढ १४ २०७८ सोमवार - १२:३१:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij