२०८२ माघ १५ गते बिहिवार
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा रिट निवेदकका तर्फबाट संवैधानिक इजलासमा बहस गर्दै वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले ७६ (३) अनुसार बनेका प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा ५ मा जान नसकिने बताएका छन्।
ज्ञवालीले प्रधानमन्त्रीले बहुमत पुर्याउन सक्दिनँ भन्नु आत्मसमर्पणको सिद्धान्तअनुसार हात उठाएकोजस्तो अवस्था भएको बताए।
त्यसपछि प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले ज्ञवालीलाई बीचमै रोकेर उपधारा ५ को व्याख्या गर्दैगर्दा त्यसपछिको अवस्थालाई हेर्नुपर्ने बताएका थिए। उनले ज्ञवालीलाई प्रश्न गरे–५ अनुसारका प्रधानमन्त्रीले विश्वासको मत नपाएमा वा प्रधानमन्त्री नै नियुक्त हुन नसकेमा विघटन गर्न सकिने कुरा छ नि?’
जवाफमा ज्ञवालीले ७६(४) अनुसार विश्वासको मत नपाए वा नलिए ५ मा जाने आधार नै नरहने र त्यतातर्फ जान भोटेताल्चा नै लाग्ने जिकिर गरेका थिए। आज देउवा पक्षीय वकिलले बहस सकेका छन्। भोली प्रधानमन्त्री र सभामुखका पक्षकाले बहस गर्छन।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij