Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

देउवालाई प्रधानमन्त्री बनाउन माग गर्ने पक्षले सक्यो वहस, भोलिदेखि सभामुख र ओलीका वकिलको पालो 

देउवालाई प्रधानमन्त्री बनाउन माग गर्ने पक्षले सक्यो वहस, भोलिदेखि सभामुख र ओलीका वकिलको पालो 


  • 4.5K
    Shares

    देउवालाई प्रधानमन्त्री बनाउन माग गर्ने पक्षले सक्यो वहस, भोलिदेखि सभामुख र ओलीका वकिलको पालो 

    काठमाडौं । प्रतिनिधि सभा विघटन बदर र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमा निवेदक पक्षको बहस सकिएको छ ।

    निवेदक पक्षले पाएको कुल १५ घण्टामध्ये बहसका लागि छुट्ट्याइएको १२ घण्टाको समय सकिएको हो । अन्त्यमा बाँकी ३ घण्टा उनीहरूले जवाफी बहस गर्न पाउने छन् ।

    बहसलाई बिट मार्ने क्रममा आइतवार संविधानविद् एवं वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्य, चन्द्रकान्त ज्ञवाली, शतिषकृष्ण खरेल लगायत १६ जनाले बहस गरे । निवेदक पक्षबाट कुल ३६ जनाले बहस गरेपछि अब भोलिबाट प्रतिवादी (सरकारी) पक्षको बहस शुरू हुनेछ ।

    प्रतिवादीलाई पनि बहसका लागि १५ घण्टाको समय दिइएको छ । १५ घण्टामध्ये १ घण्टाको समय सभामुखका वकिलले पाउने भएका छन् ।

    सभामुखका वकिलले ३ घण्टाको समय मागेका थिए । तर महान्यायाधिवक्ता रमेश बडालले त्यतिधेरै समय दिन नसकिने भन्दै आपत्ति जनाएपछि १ घण्टाको समय दिइएको हो ।

    "सभामुखले पनि विघटन बदरको माग गर्नुभएको छ । उहाँको बहस रिट निवेदक पक्षकैसरह हुने देखियो," महान्यायाधिवक्ता बडालले भने, "उहाँहरूले ३ घण्टा समय माग्नुभएको छ । ३ घण्टा समय दिन सकिँदैन । १ घण्टासम्म हो भने दिन सक्छौं।"

    त्यसपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले विवाद नगर्न आग्रह गरे ।

    "विवाद नगर्नुस्, उहाँ (सभामुखका वकिल)हरूलाई एक घण्टा नै भयो, बाँकी १४ घण्टा तपाईंहरू बहस गर्नुस्," प्रधानन्यायाधीश जबराले भने । जबराले आवश्यक परे सभामुखका वकिललाई अतिरिक्त आधा घण्टा समय उपलब्ध गराउन सकिने समेत बताए ।

    सभामुखका तर्फबाट लव मैनाली, श्यामप्रसाद कंडेल, श्रीकृष्ण सुवेदी, मेघराज पोखरेल र उपेन्द्रकेशरी न्यौपानेले वकालतनामा लेखाएका छन् ।

    सरकारका तर्फवाट महान्यायाधिवक्ता रमेश वडालले बहस गर्ने तयारी गरेका छन्। सुरुकै दिनदेखि इजलासमा उपस्थित भएर बहसको तयारी गरेका बडालले सरकारका तर्फबाट धेरै समय वहस गर्नेछन्। उनले लामो समय बहस गर्ने अनिमात्र  नायव महान्यायाधिवक्ताले वहस गर्ने तयारी गरेका छन्। 

    जेठ ७ गते मध्यरातमा काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित पाँच न्यायाधीश संलग्न सवैधानिक इजलासमा बहस चलिरहेको छ।

    प्रकाशित मिति :आषाढ १३ २०७८ आइतवार - १६:०३:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij