Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

लोक सेवाले पदाधिकारी पाएसँगै थाल्यो १० सहसचिवको सचिवमा बढुवाको तयारी

लोक सेवाले पदाधिकारी पाएसँगै थाल्यो १० सहसचिवको सचिवमा बढुवाको तयारी


  • 5.8K
    Shares

    लोक सेवाले पदाधिकारी पाएसँगै थाल्यो १० सहसचिवको सचिवमा बढुवाको तयारी
    images

    लोक सेवा आयोगले पदाधिकारी पाएसँगै तीन महिनादेखि अवरुद्ध राजपत्रांकित विशिष्ट श्रेणी (सचिव)को बढुवा सिफारिस यही साताबाट सुरु हुने भएको छ । लोकसेवाका अध्यक्षको अध्यक्षतामा हुने बढुवा समितिको सिफारिसमा मन्त्रिपरिषद्बाट सचिव बढुवा गर्ने व्यवस्था छ ।

    अहिले सचिवका १० सिट रिक्त छन् । त्यसमा वरिष्ठतम सहसचिवले निमित्त सचिवको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
    राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, खानेपानी मन्त्रालय, मानव अधिकार आयोग, गण्डकी प्रदेश प्रमुख सचिव र कर्णाली प्रदेश प्रमुख सचिवविहीन छन् । त्यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवको एउटा पद रिक्त छ ।

    यसैगरी, कृषि तथा पशुपक्षी विकास मन्त्रालय (पशुपक्षी) र शिक्षा विज्ञान तथा प्रविधि (विज्ञान प्रविधि) र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पनि सचिव पद रिक्त छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव तीर्थराज ढकालले पनि चैतमा अवकाश पाएका हुन् । गण्डकी प्रदेश सरकारमा चैतबाट प्रमुख सचिव रिक्त छन् । तत्कालीन सचिव विष्णुप्रसाद नेपालले अनिवार्य अवकाश पाएपछि प्रदेश सरकार प्रमुख सचिवविहीन भएको हो ।

    बागमती प्रदेश सरकार वैशाखदेखि तथा कर्णाली प्रदेश सरकार जेठबाट प्रमुख सचिवविहीन छ । बागमतीका प्रमुख सचिव मानबहादुर विकेले ६ वैशाखमा र कर्णालीका प्रमुख सचिव चन्द्रमान श्रेष्ठले १५ जेठमा अवकाश पाएका हुन् ।

    वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओलीले वैशाखमा अवकाश पाएका थिए । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव प्रेमनारायण कँडेल त्यो पदमा लगिए । त्यसपछि कृषि मन्त्रालयमा सचिव पद खाली छ ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव मधुसूदन अधिकारीले अवकाश पाएपछि उनको ठाउँमा पुनर्निर्माण प्राधिकरणका सचिव मणिराज गेलाल पुगेका छन् । अहिले प्राधिकरण निमित्त सचिवको भरमा चलिरहेको छ ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (विज्ञापन प्रविधि) सचिव सञ्जय शर्मा, खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासेले जेठमा अवकाश पाएका हुन् ।अहिले खानेपानी मन्त्रालय निमित्त सचिव सुनीलकुमार दासले सम्हाल्दै आएका छन् । उपराष्ट्रपति कार्यालयका सचिव गोपीनाथ मैनालीले २ असारमा अवकाश पाए ।

    राष्ट्रपति कार्यालयका सचिव सचिव हरि पौडेल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा नियुक्त भएका छन् । उनी झन्डै साढे दुई वर्ष कार्यकाल बाँकी छँदै अख्तियार पुगेका हुन् । रक्षा मन्त्रालय पनि छिटै सचिवविहीन हुँदै छ । मन्त्रालयका अहिलेका सचिव रेश्मीराज पाण्डेले १७ असारमा अवकाश पाउँदै छन् ।

    लोक सेवा आयोगका अध्यक्ष नेतृत्वको सिफारिस समितिले रिक्त पदको तीन गुणा बढी सहसचिवको नाम सिफारिस गर्नेछ । त्यसमध्ये एक जनालाई सरकारले बढुवा गर्नेछ ।

    प्रकाशित मिति :आषाढ १३ २०७८ आइतवार - १५:५७:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij