Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

एमालेले बोलायो दशौँ महाधिवेशन आयोजक कमिटीको बैठक

एमालेले बोलायो दशौँ महाधिवेशन आयोजक कमिटीको बैठक


  • 3.8K
    Shares

    एमालेले बोलायो दशौँ महाधिवेशन आयोजक कमिटीको बैठक

    काठमाडौं । नेकपा (एमाले)ले दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ ।

    आइतबार बसेको स्थायी कमिटी बैठकले असार १६ गते काठमाडौंमा बैठक बोलाएको पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार बैठक असार १६ गते बिहान ११ बजे काठमाडौंमा बस्ने छ ।

    “पार्टी स्थायी कमिटीको नवौँ बैठक भर्खरै सम्पन्न भएको छ । बैठकमा हामीले पछिल्लो राजनीतिक स्थिति, कोभिड महामारीको अवस्था, प्राकृतिक विपत्तिहरु र राष्ट्रिय राजनीतिका विभिन्न आयमहरुको सन्दर्भमा संक्षिप्त तर, गहन छलफल गरेका छौँ । यो विषयमा केही निर्णयहरु गर्न आवश्यक भएको र अझ फराकिलो र उच्च तहबाट फलफल गरेर केही निर्णयहरु निकाल्नुपर्ने भएको हुनाले दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक आउने असार १६ गते बिहान ११ बजे काठमाडौंमा बस्नेगरी बैठकले निर्णय गरेको छ,” उनले भने ।

    पार्टी सदस्यता नवीकरणको कामलाई तीव्रता दिन बैठकले मातहात कमिटीलाई निर्देशन दिने निर्णय पनि गरेको उनले बताए ।

    प्रकाशित मिति :आषाढ १३ २०७८ आइतवार - १२:४७:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij