Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

ओली प्रति विद्याको अचम्मै रहर, देउवालाई नियुक्त नगर्नूमा नै बद्नियत देखिएको सविताको ठहर 

ओली प्रति विद्याको अचम्मै रहर, देउवालाई नियुक्त नगर्नूमा नै बद्नियत देखिएको सविताको ठहर 


  • 5.0K
    Shares

    ओली प्रति विद्याको अचम्मै रहर, देउवालाई नियुक्त नगर्नूमा नै बद्नियत देखिएको सविताको ठहर 

    काठमाडौ । काठमाडौं प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस सुरु भएको छ । ९ असारबाट नियमीत भइरहेको बहसमा अहिले सविता भण्डारीले बहस गरिरहेकी छन् । उनी रिट निवेदकतर्फकी कानुन व्यवसायी हुन् । 

    इजलासले रिटमा बहस गर्ने कानुन व्यवसायीको सूची लामो देखेपछि दुवै पक्षलाई समय तोकेरै बहस गर्न दिएको थियो । इजलासले तोकेको समयानुसार अब रिट निवेदक नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालगायत १४६ सांसदको रिटमा अब रिट निवेदकतर्फबाट जम्मा दुई घण्टा ३५ मिनेट बहस गर्ने समय बाँकी छ ।

    त्यसपछि सरकारका तर्फबाट बहस हुनेछ । अहिलेसम्म रिट निवेदक पक्षबाट ९ घण्टा २५ मिनेट बहस भइसकेको छ । सुरुमा रिट निवेदक पक्षलाई १२ घण्टा बहस गर्ने समय इजलासले दिएको थियो । 

    रिट निवेदकको बहस सकिएपछि राष्टपति र प्रधानमन्त्री पक्षका अधिवक्ताहरूले बहस गरिसकेपछि फेरि रिट निवेदकका तर्फका कानुन व्यववसायीलाई थप ३ घण्टा बहस गर्न दिने गरी समय निर्धारण गरिएको छ । सरकार र रिट निवेदकलाई इजलासले १५र१५ घण्टाको समय छुट्टयाएको छ । 

    दुवै पक्षको बहस सकिएपछि इजालसले सहजीकरणका लागि गठन गरेको एमीकस क्यूरीका चार अधिवक्ताले आधा घण्टाका दरले बहस गर्नेछन् ।

    प्रकाशित मिति :आषाढ १३ २०७८ आइतवार - १२:३५:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij