Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

प्रतिनिधिसभा विघटनविरुद्धको रिट : आज निवेदक पक्षको बहस सकिँदै

प्रतिनिधिसभा विघटनविरुद्धको रिट : आज निवेदक पक्षको बहस सकिँदै


  • 3.6K
    Shares

    प्रतिनिधिसभा विघटनविरुद्धको रिट : आज निवेदक पक्षको बहस सकिँदै

    काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमा आज पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस हुँदैछ । ९ असारबाट नियमीत भइरहेको बहसमा आज पनि रिट निवेदकतर्फका कानुन व्यवसायीले बहस गर्नेछन् । 

    इजलासले रिटमा बहस गर्ने कानुन व्यवसायीको सूची लामो देखेपछि दुवै पक्षलाई समय तोकेरै बहस गर्न दिएको थियो । इजलासले तोकेको समयानुसार अब रिट निवेदक नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालगायत १४६ सांसदको रिटमा अब रिट निवेदकतर्फबाट जम्मा दुई घण्टा ३५ मिनेट बहस गर्ने समय बाँकी छ ।

    त्यसपछि सरकारका तर्फबाट बहस हुनेछ । अहिलेसम्म रिट निवेदक पक्षबाट ९ घण्टा २५ मिनेट बहस भइसकेको छ । सुरुमा रिट निवेदक पक्षलाई १२ घण्टा बहस गर्ने समय इजलासले दिएको थियो । 

    रिट निवेदकको बहस सकिएपछि राष्टपति र प्रधानमन्त्री पक्षका अधिवक्ताहरूले बहस गरिसकेपछि फेरि रिट निवेदकका तर्फका कानुन व्यववसायीलाई थप ३ घण्टा बहस गर्न दिने गरी समय निर्धारण गरिएको छ । सरकार र रिट निवेदकलाई इजलासले १५/१५ घण्टाको समय छुट्टयाएको छ । 

    दुवै पक्षको बहस सकिएपछि इजालसले सहजीकरणका लागि गठन गरेको एमीकस क्यूरीका चार अधिवक्ताले आधा घण्टाका घरले बहस गर्नेछन् । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा ३० रिट दर्ता भएका थिए । 

     

    प्रकाशित मिति :आषाढ १३ २०७८ आइतवार - ११:२०:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij