Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

स्थायी कमिटी बैठक सकियो,अदालतले अवैध भनेको कमिटीको बैठक बोलाउन ओलीले गरे यस्तो निर्णय

स्थायी कमिटी बैठक सकियो,अदालतले अवैध भनेको कमिटीको बैठक बोलाउन ओलीले गरे यस्तो निर्णय


  • 4.6K
    Shares

    स्थायी कमिटी बैठक सकियो,अदालतले अवैध भनेको कमिटीको बैठक बोलाउन ओलीले गरे यस्तो निर्णय

    काठमाडौ। आज  बिहान बालुवटारमा बसेको  नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ।

    बैठकले एमालेको दसौं महाधिवेशन आयोजक कमिटीको बैठक यही असार १६ गते काठमाडौं राख्ने निर्णय गरेको पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। उक्त बैठकले माधव नेपाल सहितकालाई झन् निर्मम ढंगले डण्डा बर्साउने बुझिएको छ। सर्वोच्च अदालतद्वारा अवैधानिक ठहर एमाले महाधिवेशन आयोजक कमिटीको बैठकलाई अर्थ पूर्ण ढंगले हेरिएको छ।  त्यसरी बैठक बोलाउनुलाई धेरैले अदालतको मानहानी भनेका छन्। 

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा एमालेकाे ओली खेमाका स्थायी कमिटि सदस्यहरु मात्रै सहभागी छन्।

    एमाले प्रवक्ता प्रदीप ज्ञवालीले आन्तरिक छलफलका लागि बैठक डाकिएको जानकारी दिए पनि एजेण्डा निश्चित नभएको बताएका थिए।

    शनिबार पत्रकार सम्मेलन गर्दै एमाले असन्तुष्ट समूहका नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष ओलीसँग अहिलेकै अवस्थामा सहकार्य गर्न नसकिने बताएका थिए। उनले विपक्षी गठबन्धनसँगको सहकार्य नतोड्ने प्रष्ट पारेका थिए।

    प्रकाशित मिति :आषाढ १३ २०७८ आइतवार - ११:१३:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij