Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

सरकार बने देखिको विवाद केही दिनलाई मत्थर,गण्डकी प्रदेशका मन्त्रीले कुन-कुन मन्त्रालय पाए ?

सरकार बने देखिको विवाद केही दिनलाई मत्थर,गण्डकी प्रदेशका मन्त्रीले कुन-कुन मन्त्रालय पाए ?


  • 6.6K
    Shares

    सरकार बने देखिको विवाद केही दिनलाई मत्थर,गण्डकी प्रदेशका मन्त्रीले कुन-कुन मन्त्रालय पाए ?

    काठमाडौ।  जेठ २९ गते गण्डकी प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसदको गठबन्धनले सरकार सरकार बनाए लगत्तै देखि बिबादमा जाकिएको गण्डकी प्रदेश सरकारमा सहभागी मन्त्रीहरुको कार्यविभाजन बल्ल टुंगिएको छ। जेठ २९ गते मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलसहित ५ जनाले विना विभागीय मन्त्रीको रुपमा शपथ लिएका थिए।

    पछिल्लो सहमती अनुसार नेपाली कांग्रेसबाट सरकारमा सहभागी कुमार खड्काले समाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्।

     उनले अर्थ वा भौतिक विकास मन्त्रालयमा दाबी गर्दै आएका थिए।

    त्यस्तै माओवादी केन्द्रबाट मन्त्री बनेकी मधुमाया अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाउने भएकी छन्।

    अर्थ मन्त्रालयको दाबी गरेका जनता समाजवादी पार्टीका हरिशरण आचार्यले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय सम्हालेका छन्।

    आचार्यसँग मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले अर्थमन्त्रालय जनता समाजवादीलाई दिने भनेर लिखित सहमति नै गरेका थिए। 

    त्यस्तै स्वतन्त्र सांसद दीपक मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ।

    उक्त जिम्मेवादी दिइएको जानकारी प्रदेश प्रमुखलाई दिने तयारी भइरहेको प्रवक्ता कुमार खड्काले बताए।

    गण्डकी प्रदेशमा ११ मन्त्रालय छन्। अझै ६ मन्त्रालयमा मन्त्री नियुक्ति गर्न बाँकी छ।

    अर्थ, भौतिक पूर्वाधार, आन्तरिक मामिला तथा कानुन, कृषि, पर्यटनलगायतका मन्त्रालय भने मुख्यमन्त्री पोखरेलले आफूसँग राखेका छन्।

     

    प्रकाशित मिति :आषाढ १२ २०७८ शनिवार - १४:२८:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij