Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

एमाले बागमती प्रदेश कमिटीले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र 

एमाले बागमती प्रदेश कमिटीले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र 


  • 3.7K
    Shares

    एमाले बागमती प्रदेश कमिटीले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र 

    सिन्धुपाल्चोकका बाढीपीडितलाई राहत, पुनर्स्थापना तथा भौतिक संरचनाको पुनर्निर्माणको माग गर्दै नेकपा (एमाले) बागमती प्रदेश कमिटीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । 

    शुक्रबार प्रधानमन्त्रीनिवास बालुवाटार पुगेर नेकपा बागमती प्रदेश संगठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलसहितको टोलीले सिन्धुपाल्चोक बाढीमा परी मृतक भएकाका परिवारलाई क्षतिपूर्ति र राहत तथा विस्थापित चार हजार परिवारलाई राहत र पुनर्स्थापनाको माग गर्दै ज्ञापनपत्र बुझाएको हो । प्रधानमन्त्री ओलीसँग नदीहरूको नियन्त्रण, खानेपानी, विद्युत्, सडक, पुललगायतका बिग्रिएका संरचनाहरूको तत्काल पुनर्निर्माण गर्न पनि एमाले बागमती प्रदेश कमिटीले ध्यानाकर्षष गराएको छ । 

    ज्ञापनपत्रमा मृतकको परिवारलाई क्षतिपूर्ति दिँदै घाइतेहरूको उपचार खर्च सरकारले व्यहोर्नुपर्ने, दीर्घकालीन एकीकृत पुनर्निर्माणका लागि कार्य प्रारम्भ गरिनुपर्ने, चार हजार परिवारलाई अस्थाथी बसोवासका लागि प्रतिपरिवार ८ बन्डल जस्तापाता तुरुन्त व्यवस्था गर्नुपर्ने, नदी किनारामा तटबन्ध निर्माण गर्नुपर्ने, बिग्रेका मोटरबाटो मर्मत गरी सञ्चालन गर्न योग्य बनाउनुपर्ने, अस्थाई झोलुंगेपुल बनाउनुपर्नेलगायतका माग गरिएको छ ।

    नेकपा (एमाले) बागमती प्रदेश संगठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले बाढीपीडितको पुनर्स्थापनाका लागि र खोलामा तटबन्ध गर्नेदेखि क्षतिग्रस्त घरहरूलाई मर्मत गर्नका लागि प्रधानमन्त्रीबाट सकारात्मक आश्वास आएको र आफूहरू कार्यान्वयनको आशामा रहने बताए । 

    असार १ गते सिन्धुपाल्चोकको मेलम्ची, याङ्ग्री र लार्के खोलामा आएको बाढीमा परी सो क्षेत्रका १६ जनाको निधन भएको छ भने करिब चार हजार परिवार विस्थापित भएका छन् । बाढीबाट विकासका सम्पूर्ण पूर्वाधारहरूमा समेत क्षति भएको छ । 
     

    प्रकाशित मिति :आषाढ ११ २०७८ शुक्रवार - १७:२१:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij