२०८२ माघ १५ गते बिहिवार
काठमाडौं । नेपाली कांग्रेसको आसन्न महाधिवेशनको रणनीति बनाउन वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको बैठक शुरू भएको छ ।
वसुन्धारास्थित दियालो फुडल्याण्डमा जारी बैठकमा महाधिवेशनको तयारी, नीति र नेतृत्वबारे छलफल हुने बताइएको छ ।
महाधिवेशनको माहोल बढ्दै जाँदा शीर्ष नेताहरू आन्तरिक छलफलमा केन्द्रित भइरहेको बेला पौडेलले पनि आफूपक्षीय केन्द्रीय सदस्यहरूसँग छलफल गरेका हुन् ।
वरिष्ठ नेता पौडेलसहित सो समूहमा महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता डा. शेखर कोइराला सभापति पदका आकांक्षी छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij