२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज (शुक्रबार) स्थिर रहेको छ ।
बिहीबार प्रति तोला ९० हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज पनि सोही मूल्यमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य ९० हजार रुपैयाँ रहेको छ ।
सुनको मूल्य स्थिर रहँदा चाँदीको भने बढेको छ । महासंघका अनुसार शुक्रबार चाँदी प्रति तोलामा ५ रुपैयाँ बढेर एक हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij