Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

प्रधानमन्त्री ओलीले कुन मन्त्रीलाई कुन-कुन मन्त्रालयको जिम्मेवारी दिए ? यस्तो छ कार्यविभाजन 

प्रधानमन्त्री ओलीले कुन मन्त्रीलाई कुन-कुन मन्त्रालयको जिम्मेवारी दिए ? यस्तो छ कार्यविभाजन 


  • 6.3K
    Shares

    प्रधानमन्त्री ओलीले कुन मन्त्रीलाई कुन-कुन मन्त्रालयको जिम्मेवारी दिए ? यस्तो छ कार्यविभाजन 

    काठमाडौँ। सर्वोच्च अदालतको अन्तरिम आदेशबाट २० जना मन्त्री पदमुक्त भएपछि खाली रहेका मन्त्रालयको प्रधानमन्त्रीसहित ५ मन्त्रीलाई जिम्मेवारी बाँडिएको छ ।

    नयाँ कार्यविभाजनअनुसार हाल अर्थमन्त्री रहेका विष्णुप्रसाद पौडेल उपप्रधानमन्त्रीसहित गृहमन्त्री बनेका छन्। उनले गृह र अर्थसहित उद्योग, वाणिज्य तथा आपूर्ति ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको समेत जिम्मेवारी पाएका छन्।

    मन्त्री कृष्णगोपाल श्रेष्ठलाई वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, स्वास्थ्य तथा जनसंख्याको जिम्मेवारी दिइएको छ।

    वसन्तकुमार नेम्वाङ कृषि तथा पशुपन्छी विकास, खानेपानी, भौतिक पूर्वाधार तथा यातायात, सञ्चार तथा सूचना प्रविधि, र सहरी विकास मन्त्री बनेका छन्।

    लिलानाथ श्रेष्ठ कानून, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका छन्।

    202295258_182856640457731_7743483033668389264_n.jpg

    प्रकाशित मिति :आषाढ १० २०७८ बिहिवार - १७:३२:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij