Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

अहिलेको राष्ट्रपतिभन्दा त राजा कता हो कता ठीक भन्दै प्रचण्डले यसरी लिए राष्ट्रपतिको हुर्मत 

अहिलेको राष्ट्रपतिभन्दा त राजा कता हो कता ठीक भन्दै प्रचण्डले यसरी लिए राष्ट्रपतिको हुर्मत 


  • 4.7K
    Shares

    अहिलेको राष्ट्रपतिभन्दा त राजा कता हो कता ठीक भन्दै प्रचण्डले यसरी लिए राष्ट्रपतिको हुर्मत 

    काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्षी पाँच दलको गठबन्धन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउनकै लागि मात्रै नबनेको दावी गरेका छन्। उनले राष्ट्रपतिले विद्यादेवी भण्डारीले इज्जत, मान र प्रतिष्ठा गुमाएको उल्लेख गर्दै अहिलेको राष्ट्रपति संस्थाभन्दा राजा नै ठीक रहेको रहेको उल्लेख गरे।

    “हुँदाहुँदा राष्ट्रपति कार्यालय सबैले अभिभावक भनेर, संरक्षक भनेर अझ महिला अघि सारेको त हेर्नुस् राष्ट्रपति कस्तो भयो । अहिले राष्ट्रपति भन्ने संस्था त यति ।।। । यो भन्दा त राजाहरू हुँदा थियो नि एउटा शान । अहिले त शान पनि छैन । मान पनि छैन । इज्जत नि छैन । कस्तो भयो । हामीले बनाएको संस्था, ” उनले भने ।

    बिहीबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँग विपक्षी गठबन्धनले गरेको अन्तरक्रियामा बोल्दै प्रचण्डले यस्तो दावी गरेका हुन्।

    आफूहरुको संघर्ष कसलाई प्रधानमन्त्री बनाउने र हटाउनेभन्दा पनि संविधान, लोकतन्त्र र राष्ट्रिय हितका लागि भएको उनले बताए।

    उनले भने, ‘एउटा प्रधानमन्त्री बनाउन र एउटा हटाउनकै लागि मात्रै यो गठबन्धन बनेको होइन। यो संघर्ष संविधान, लोकतन्त्र र राष्ट्रको हितको पक्षमा उभिने र नउभिने बीचको लडाईं हो। सिस्टम बचाउने वा नबचाउने भन्ने लडाइँ हो। यसमा पाँचै दलमा समझदारी बनेको छ। यो प्रधानमन्त्रीका निम्ति भएको संघर्ष होइन।’

    सैद्धान्तिक सहमतिका साथ पाँच दलको गठबन्धन बनेको प्रचण्डको भनाइ छ। उनले भने, ‘पहिलो, संविधानको रक्षा गर्ने र समयानुकुल परिमार्जन गर्दै लैजाने, दोस्रो, लोकतन्त्रका आधारभूत मान्यताको रक्षा गर्ने र तेस्रो, देशको राष्ट्रियता रक्षा गर्ने भन्ने सिद्धान्तमा यो गठबन्धन बनेको हो।’

    प्रकाशित मिति :आषाढ १० २०७८ बिहिवार - १७:२२:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij